बंगलादेशमा अतिवादी समूहका सातजनालाई मृत्युदण्डको सजाय
ढाका। बंगलादेशको एक अदालतले मुस्लिम अतिवादी समूहमा आबद्ध सातजनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।

बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा भएको आक्रमणमा १८ जना विदेशीसहित २२ जनाको हत्या गरेको यस समूहमाथि आरोप छ।

राजधानी ढाकाको एक खचाखच भरिएको इजलासमा न्यायाधीश मोजिबुर रहमानले सातैजनालाई मृत्युदण्ड दिने सजाय सुनाएका थिए।

न्यायाधीश रहमानले इस्लामिक स्टेट समूहमा आबद्ध रहेर उक्त समूहका सदस्यहरूले बंगलादेशमा आतंक मच्चाउन खोजेको बताएका थिए।

न्यायाधीश रहमानले सातैजनालाई झुण्ड्याएर मृत्युदण्ड दिन आदेश दिएका हुन्।

पक्राउ परेका आठौं व्यक्तिलाई भने थुनामुक्त गरिएको थियो ।

सन् २०१६ जुलाईमा ढाकास्थित होली आर्टिजन बेकरी क्याफेमा अत्याधुनिक राइफलसहितका इस्लामिक जिहादी युवाले अन्धाधुन्ध गोली चलाई विदेशी नागरिकको हत्या गरेका थिए।

विदेशी नागरिकहरू भेला हुने यो ढाकाको चर्चित स्थान हो।

मृत्यु भएकाहरूमा सातजना जापानी र ९ जना इटालीका नागरिक थिए।

यस आक्रमणका क्रममा दुईजना बंगलादेशी प्रहरी पनि परेका थिए ।

क्याफेलाई करीब १० घण्टा बन्धक बनाएका इस्लामिक जिहादीलाई सैनिक कमान्डोले मुक्त गरेका थिए।

जिहादी समूहले दुई दर्जनभन्दा बढी विदेशीलाई बन्धक बनाएका थिए।

सैनिक कारबाहीमा पाँचैजना आक्रमणकारी मारिएका थिए।

यस आक्रमणबाट बंगलादेशमा इस्लामिक चरमपन्थ विरुद्ध तनाव उत्पन्न भएको थियो।

बंगलादेश सरकारले यस आक्रमण लगत्तै देशव्यापी धरपकड र कारबाही शुरू गरेको थियो, जसबाट १०० बढी इस्लामिक अतिवादी मारिनुका साथै झण्डै एक हजार जना पक्राउ परेका थिए।

आक्रमणकारीको खोजीका क्रममा आठजना ढाकामा मारिएका थिए, जसमा घटनाका मुख्य योजनाकार बंगलादेशी मुलका क्यानाडाली नागरिक तमिम अहमद चौधरी पनि थिए।

कारबाहीमा अतिवादी समूह जमेतुल मुजाहिद्दीन बंगलादेशका कमान्डर पनि मारिएका थिए। (रासस-एएफपी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्