चन्द समूहका भोजपुर सेक्रेटरी पुर्पक्षका लागि कारागार चलान

भोजपुर। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

भोजपुर जिल्ला अदालतका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो।

विष्टविरुद्ध भोजपुर नगरपालिका–१२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्साभेटरमा आगजानी, टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको वडा कार्यालयमा आगजानी, ओख्रे डाँडाखर्कको एनसेल टावरमा आगजानी गरेको भन्दै हातहतियार, विष्फोटक पदार्थ र अपराधिक मुद्दा दर्ता गरिएको थियो।

टेम्केमैयुङ गाउँपालिका–५, खावा घर भएका विष्ट भोजपुर नगरपालिकास्थित भैंसीपंखाको गजुरमुखी भिरछेउको जंगलबाट ५ असोजमा पक्राउ परेका थिए।

प्रहरीले उनको साथबाट २ थान ईटालियन अटोमेटिक पेस्तोल, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेट १ थान डायरी, मोबाईल तथा सीम कार्ड र चन्दाको लागि लेखिएका पत्र बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्