काठमाडाैं। शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’का लागि पाँच कृति उत्कृष्ट छनोटमा परेका छन्।
छानिएका पुस्तकमा अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’, नरेन्द्रराज पौडेलको निबन्ध सङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथा सङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’ र दामोदार पुडासैनी ‘किशोर’को कविता सङ्ग्रह ‘शहरबिनाको शहर’ छन्।
पुरस्कार राशि एक लाख ११ हजार १११ रूपैयाँ छ।
प्रतिष्ठान अध्यक्ष प्रदीप नेपालका अनुसार पुरस्कारका लागि कृति बुझाउन आह्वान गर्दा प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँचमा परेकाबाट थप छनोट गरी पुरस्कृत गरिने जानकारी दिए।
स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको संस्थाले जनाएको छ।
प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको निबन्ध सङ्ग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार प्रदान हुने भएको हो।
सो कृति पहिलो संस्करणमै १३ हजारप्रति प्रकाशन भएको थियो।
अक्षयकोषमा ५० लाख रूपैयाँसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट १७ लाख रूपैयाँ हस्तान्तरण गरिएको छ।
पुरस्कार आगामी १८ फागुनमा प्रदान हुने जनाइएको छ। रासस
" /> काठमाडाैं। शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’का लागि पाँच कृति उत्कृष्ट छनोटमा परेका छन्।छानिएका पुस्तकमा अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’, नरेन्द्रराज पौडेलको निबन्ध सङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथा सङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’ र दामोदार पुडासैनी ‘किशोर’को कविता सङ्ग्रह ‘शहरबिनाको शहर’ छन्।

">