प्रधानसेनापतिद्वारा प्रतिआतंकवादसम्बन्धी विशेष तालिमको निरीक्षण

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले युद्धभैरव गणमा सञ्चालित प्रतिआतंकवादसम्बन्धी विशेष तालिमको आज निरीक्षण गरेका छन्।

सेनाकाे विशेष फौज बाहिनीअन्तर्गतको युद्धभैरव गण र इजरायली डिफेन्स फोर्सबीच सो तालिम ८ मंसीरबाट सञ्चालन भएको थियो।

तालिम आज सम्पन्न भएको हो।

तालिम निरीक्षणका क्रममा प्रधानसेनापति थापाले आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरूको सामना गर्न नेपाली सेना सक्षम रहेको बताए।

यस तालिमबाट दुवै देशका विशेष फौजहरूको पेशागत ज्ञान, सैनिक कला बढाउने अवसर प्रदान भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्