अर्घाखाँची बस दुर्घटनाः मृतकको संख्या १७ पुग्यो (अपडेट)

काठमाडौं। अर्घाखाँचीमा भएको बस दुर्घटनाका मृतकको संख्या १७ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रकाश विष्टले अहिलेसम्म १७ जनाको शव फेला परेको देखापढीलाई जानकारी दिए। उनका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

मृतक कसैको पनि सनाखत हुन नसकेको डीएसपी विष्टले बताए।

अर्घाखाँची सदरमुकाम सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस आज दिउँसो करीब साढे चार बजे सन्धीखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना भएको थियो।

प्रहरीका अुनसार सडकबाट करीब ४०० मीटर तल खोंचमा खसेको छ।

प्रतिक्रिया दिनुहोस्