काठमाडौं । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी २ दिने दिवसीय कार्यशाला गोष्ठी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सुरू भएको छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले सोही प्रतिष्ठानमा आयोजित एक समारोहबीच गोष्ठीको उद्घाटन गरे।
उद्घाटन गर्दै कार्कीले पाठ्यक्रमको म्यानुअललाई अन्तिम रूप दिन गोष्ठीको आयोजना गरिएको जानकारी दिए। म्यानुअलले तालिमलाई सहज तरिकाले अगाडि बढाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे।
यसले नेपाल प्रहरीको प्रशिक्षण कार्यको लामो इतिहासलाई व्यावसायिक र निश्चित फम्र्याटमा रहेर सबै प्रशिक्षण संस्थामा एकै प्रकारको व्यावसायिक तालिम प्रदान गर्ने पनि बताए।
सो अवसरमा काठमाडौं युनिभर्सिटी स्कूल अफ एजुकेशनका एसोसिएट डीन प्रा.डा. लक्ष्मण ज्ञवालीले म्यानुअल निर्माण प्रक्रियाबारे जानकारी दिँदै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम प्रदायकलाई विस्तृत रुपमा निर्माण भएको म्यानुअलले पूर्ण सहयोग गर्ने बताए।
कार्यशाला गोष्ठीमा विभिन्न प्रहरी कार्यालयका २० जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ।