बंगलादेशका प्रशिक्षक गोलाम रसुल खानले खेलाडीमा अनुभवको कमीका कारण राम्रो प्रदर्शन गर्न नसकेको स्वीकारे।
तेस्रो सेटको शुरूमा बंगलादेशले पुनरागमनको प्रयास गरेको थियो।
९–९ अंकसम्म खेल प्रतिस्पर्धात्मक बने पनि बंगलादेशले त्यसलाई निरन्तरता दिन सकेन।
बंगलादेशले जोडेको अधिकांश अंक पनि नेपालले सर्भिस बिगार्दा प्राप्त गरेको थियो।
नेपाली टोलीकी कप्तान अरुणा शाहीले आजको जस्तै प्रदर्शन गरे स्वर्ण पदकको लक्ष्य हासिल गर्न गाह्रो हुने स्वीकारिन्।
“विपक्षी जसरी नै खेल्नुपर्ने अवस्था थियो, त्यसकारण हाम्रो खेल पनि स्लो भयो,” अरुणाले थपिन्, “हाम्रो मुख्य हतियार नै सर्भिस हो, आज केही बिग्रियो।”
नेपालले यसअघि १९९९, २००६ र २०१२ मा कास्य पदक जितेको थियो।
यो नै सागमा नेपाली टोलीले हासिल गरेको सबभन्दा ठूलो सफलता हो।
साउन पहिलो साताबाट बन्द प्रशिक्षणमा बसेको महिला भलिबल टोलीले थाइल्यान्डमा तीन साता प्रशिक्षण गरेको थियो।
नेपालले अघिल्लो महीना मात्र बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो। त्यसैले पनि महिला भलिबलमाथि सबैको अपेक्षा छ।
प्रशिक्षक भट्टले सबैको आशलाई निराशामा परिणत हुन नदिने बताउँछन्।
“भारत दक्षिण एशियाको पावर हाउस हो, उनीहरूसँग खेल्दा हामी सम्पूर्ण क्षमतासहित राम्रो प्रदर्शन गर्दै समर्थकलाई रोमाञ्चित बनाउने छौं,” नेपालका मुख्य प्रशिक्षक भट्टले भने, “भारतलाई जितेको खण्डमा हाम्रा लागि स्वर्ण निश्चित हुन्छ।”
यद्यपि संघर्ष गर्दागर्दै भारतसँग पराजित भए पनि सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनल पुगेर स्वर्ण जित्नेमा ढुक्क रहेको भट्टको भनाइ छ।
‘सबै खेलाडीलाई परीक्षण गर्दा खेल बिग्रियो’
मुख्य प्रशिक्षक भट्टले तीन सेटसम्म टोलीमा रहेका सबै खेलाडीलाई कोर्टमा उतारेका थिए।
उनले नयाँ खेलाडीलाई आत्मविश्वास जगाउन सबै खेलाडीलाई मौका दिएको बताए।
“शुरूका दुई सेटमा सहज जित निकालेका कारण तेस्रो सेटमा अन्य खेलाडीलाई परीक्षण गर्याैं, त्यसकारण हामीले केही अंक बढी गुमायौं,” भट्टले भन्छन्, “बंगलादेशलाई जुनसुकै स्थितिमा रोकेर खेल जित्न सक्छौं भन्ने आत्मविश्वास थियो। अरू खेलाडीलाई पनि घरेलु कोर्टमा परीक्षण गर्न आवश्यक भएकाले मौका दिएका हौं।”
पढ्नुहाेस्ः
नेपालको विजयी शुरूआत, बंगलादेश ३–० को सेटमा पराजित (तस्वीरहरू)
" />बंगलादेशका प्रशिक्षक गोलाम रसुल खानले खेलाडीमा अनुभवको कमीका कारण राम्रो प्रदर्शन गर्न नसकेको स्वीकारे।

">