१३औं सागः राेमाञ्चक खेलमा नेपाली भलिबल टाेली बंगलादेशसँग स्तब्ध
काठमाडौं। महिला भलिबल टोलीले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा दिएको सुखद् शुरूवातलाई पुरूष टोलीले कायम राख्न सकेन।
नेपालले बंगलादेशलाई ३-२ को नतिजा सुम्पियो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले बंगलादेशलाई  २५-२१, २३-२५, २५-१९, २४-२६, १२-१५ को नतिजा सुम्पियो।
पहिलो सेटमा शुरूबाटै अग्रता लिएको नेपालले अन्तिमसम्मै त्यसलाई कायम राख्दै २५-२१ ले जितेको थियो।
दोस्रो सेटमा भने बंगलादेशले शुरूबाटै अग्रता लियो।
बंगलादेशले नेपाललाई पुनरागमनको मौका दिएन।
तेस्रो सेटमा पनि बंगलादेशले शुरूमा अग्रता लियो।
१३-१३ सम्म प्रतिस्पर्धात्मक बनेको थियो।
तर, त्यसपछि भने नेपालले  लगातार ४ अंक जोड्दै अग्रता लिन सफल भयो।
अन्ततः  नेपालले २५-१९ को नतिजा निकाल्न सफल भयो।
चौथो सेटमा नेपालले २४ अंकसम्म जोडे पनि बंगलादेशलाई रोक्न सकेन।
नेपालले चौथो सेट २४-२६ ले गुमायो।
निर्णायक सेटमा भने नेपालले कडा चुनौती  पेश दिन सकेन।
कभर्डहलमा सम्पन्न प्रतियाेगितामा दर्शकले अन्तिमसम्म पनि टीमकाे हाैसला बढाइरहे। तर, खेल सकिएसँगै दर्शकको याे हौसला निरर्थक बन्यो।
यसअघि उद्घाटन खेलमा महिला भलिबल टोलीले बंगलादेशलाई २५-९, २५-९, २५-११ को सेटमा पराजित गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्