१९ पहाडी जिल्लाका सीडीओ सहसचिव खटाइँदै (जिल्लाको सूचीसहित)
काठमाडौं। सरकारले १९ वटा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारीमा सहसचिवलाई खटाउने निर्णय गरेको छ।
सहसचिवलाई खटाउने गृह मन्त्रालयको प्रस्तावलाई ३ मंसीरको मन्त्रि परिषद् बैठकले स्वीकृत गरेको हो।
धेरै जनसंख्या भएका जिल्लामा सुरक्षा चुनौतीका आधारमा सहसचिवलाई सीडीओका रूपमा खटाउन लागिएको हो। हाल ती जिल्लामा उपसचिव सीडीओमा कार्यरत् छन्।
पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, जुम्ला, डोल्पा, बैतडी, दैलेख, अछाम र डडेल्धुरामा सहसचिवलाई सीडीओ खटाउने निर्णए भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
हाल ४२ वटा जिल्लामा सीडीओको सहसचिव तथा ३५ जिल्लामा उपसचिव दरबन्दी छ।
दरबन्दी थपिएको पत्र मन्त्रालय आइनसकेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।
पत्र आएलगत्तै ती जिल्लामा कामु दिएर भए पनि सहसचिव खटाउने आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।
१० महीनाअघि नै गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव अघि बढाएको थियो।
ती जिल्लामा डीएसपी खटिएकोमा एसपीसमेत खटाउने गृहको तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्