साग सुरक्षामा साढे १९ हजार सुरक्षाकर्मी
काठमाडौं। १५ मंसीरमा औपचारिक उद्घाटन हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालको नेतृत्वमा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुँदैछन्।

भित्री घेरामा प्रहरी र बाहिरी घेरामा सशस्त्र र सेना परिचालन हुने आजको नयाँ पत्रिकामा समाचार छ।

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुरक्षामा आइपर्ने खतराको सम्बन्धमा सूचना संकलन र विश्लेषण गर्नेछ।

काठमाडौं, ललितपुरमा हुने प्रतियोगिता, खेलाडी, खेलमैदान र होटेलहरूको सुरक्षा प्रबन्ध आइजीपी खनालको प्रत्यक्ष कमाण्डमा हुनेछ।

जनकपुरमा हुने खेलको प्रदेश २ प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्की र पोखरामा गण्डकी प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेले सुरक्षा नेतृत्व गर्नेछन्।

प्रतियोगितामा अफगानिस्तानबाहेक सार्क राष्ट्रका तीन हजार २२८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्