सागको सबै तयारी पुरा
काठमाडौं। सरकारले १५ मंसीरदेखि सञ्चालन हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को सबै तयारी पुरा भएको जनाएको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पत्रकार सम्मेलन गरेर सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ मंसीर साँझ ५ बजे सागको उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन समारोहमा देश विदेशका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ।

साग समुद्घाटनमा कलाकारहरुले नेपाली कला संस्कृति झल्कने प्रस्तुति गर्नेछन्।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतका विभिन्न खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ।

प्रतियोगितामा अफगानिस्तानबाहेक सार्क राष्ट्रका तीन हजार २२८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्