सागको टिकट इसेवाबाट
काठमाडौं। १५ मंसीरदेखि हुने दक्षिण एशियाली खेलकुद (साग)को टिकट अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाबाट लिन सकिने भएको छ।

इसेवाबाट भलिबल, बास्केटबल र फुटबलको टिकेट बिक्री हुनेछ। क्रिकेटको टिकेट भने नेपालय इन्टरनेशनलले विक्रि गर्नेछ ।

फुटबलको समूह चरणमा  सामान्य तर्फ ५०० र भिआईपी तर्फ एक हजार रूपैयाँ  शुल्क निर्धारण गरिएको साग सचिवालयले जनाएको छ।

यसैगरी, सेमिफाइनल र फाइनलमा क्रमशः एक हजार र दुई हजार रूपैयाँ निर्धारण गरिएको छ।

भलिबल र बास्केटबलमा ५०० रूपैयाँ रहेको छ। सागको औपचारिक उद्घाटन १५ मंसीरमा हुने भएपनि भलिबल लगायतका खेलहरू शुरू भइसकेका छन्।

भलिबलमा पहिलो दिन २५८ टिकट बिक्री भएको थियो।

टिकटबाट उठेको रकमको १५५ रूपैयाँ इसेवाले पाउनेछ। १५५ मध्ये ७५ रूपैयाँ खेलकुदमा लगानी गर्नुपर्ने छ।

क्रिकेटमा नेपालको खेलमा ५००, र अन्य खेलमा २०० रूपैयाँ रहेको छ।

क्रिकेटको रकम सेमिफाइनल र फाइनलमा बढ्नेछन।

दशरथ रंगशाला १५ हजार दर्शक क्षमताको छ। तर, १४ हजार मात्र टिकट विक्रि गर्नै साग सचिवालयले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्