काठमाडौं। कल्पना गर्नुस् कुनै यस्तो कार्यक्रम जहाँ तपाईं कुनै सम्मान ग्रहण गर्न जाँदै हुनुहुन्छ। त्यहाँ पुगेर देख्नुहुन्छ, हलमा दर्शकको शून्यप्राय छन्। तपाईंजस्तै सम्मान ग्रहण गर्नेमात्र जम्मा भएका छन्। त्यतिबेला तपाईंलाई कस्तो लाग्ला?
हालै जापानमा यस्तै भएको छ।
२४ नोभेम्बरको दिन टोकियोमा आयोजित ‘सूर्य इन्टरनेशनल अवार्ड’मा दर्शकभन्दा नेपालबाट गएका अथिति धेरै भए।
करीब एक हजार जनाका लागि भन्दै आयोजकले बुकिङ गरेको टोकियोस्थित नाखानो जेरो हल दर्शक नभएर रित्तो–रित्तो थियो।
रोचक त के भने कार्यक्रममा नेपालकै चर्चित मह जोडी समेत सहभागी थिए। यसअघि मह जोडी सहभागी कार्यक्रमले प्रशस्त दर्शक पाउने गरेका थिए। तर, यसपाली अनुमान विपरित भइदियो।
आयोजक संस्थाप्रति जापानमा रहेका नेपालीको रोषका कारण दर्शकको कमी भएको हो। उक्त संस्थालाई मानव तस्करीको आरोप लागेको थियो। त्यसयता जापानमा रहेका नेपाली संघसंस्था र व्यक्तिहरूले सूर्य कर्पोरेशनका सदस्यहरूको विरोध गरिरहेका छन्।
त्यही कारण आयोजकले दर्शक जुटाउन सकेनन्।
आयोजक संस्था कस्तो हो र त्यसको कस्तो गरिमा छ भन्ने नबुझी जाँदा कलाकारकै प्रतिष्ठामाथि पनि प्रश्न उठ्न पुग्यो।
अवार्ड थाप्न पुगेका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाह, अनमोल केसी, वर्षा राउत लगायतका कलाकार अहिले पछुतोमा परेका छन्। उनीहरूको पछुतो अवार्डपछिको गतिविधीले पुष्टि गर्छ। यसअघि कुनै पनि अवार्ड जित्नासाथ सामाजिक सञ्जालमा राख्न हतार गर्ने कलाकारहरू यो अवार्डको सम्बन्धमा मौन छन्।
उदाहरणका लागि नायिका साम्राज्ञी आरएल शाहलाई लिन सकिन्छ। उनले अवार्ड पाएको तस्वीर फेसबुक वा इन्स्टाग्राममा कतै सेयर गरेकी छैनन्। उनले यसअघि फिल्म ‘कायरा’ बाट पपुलर अभिनेत्री अवार्ड पाएकी थिइन्।
सधैं अवार्ड जितेपछि सामाजिक सञ्जालमा तस्वीर पोस्ट्याएर बधाई खान हतारिने साम्राज्ञीले यसपटक न फेसबुक न त इन्स्टाग्राममा अवार्ड चुमेको तस्वीर राखेकी छन्।
त्यस्तै, अर्की नायिका वर्षा राउतलाई पनि पछुतो परेको छ। आयोजकले अवार्ड दिने भन्ने वित्तिकै जापान हानिएकी वर्षा त्यहींबाट अमेरिका उडेकी छन्। अमेरिकामा ३० नोभेम्बरमा आयोजना गरिने चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन अमेरिका गएकी हुन्। जापान अवार्डले वर्षालाई पनि राम्रै पाठ सिकाएको छ।
यता जापान अवार्डबाट राम्रै पाठ सिकेका अभिनेता अनमोल केसी भने यतिबेला दोधारमा परेका छन्। अवार्ड आफूले पाउने निश्चित भएपछि मात्र कार्यक्रममा पुग्ने गरेका अनमोलले अमेरिकामा हुन् लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ पनि ‘क्याप्टेन’ वा ‘ए मेरो हजुर–३’ मध्ये एक फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड पाउने आकलन गरिएको छ। तर, जापान अवार्ड समारोहले दोधारमा परेका हुन्। नेपाली कलाकारले अवार्डको लोभमा आफ्नो धरातल विर्सिएको आरोप लागिरहेको छ।
अनमोल र वर्षासँगै अभिनेता भुवन केसी पनि अवार्डमा सहभागी हुन जापानबाटै अमेरिका उडेका छन्। अवार्डमा भाग लिनका लागि नेपालबाट निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईं पनि अमेरिका उडिसकेका छन्। राजेश हमाल, शिव श्रेष्ठ, नीर शाह, नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा विश्वकर्मा, सन्ध्या केसी पनि अवार्डमा सहभागी हुनका लागि अमेरिक मजाने कार्यक्रम रहेको छ।
तर, जापानको कार्यक्रमले प्रश्न उब्जाएको छ, कार्यक्रममा सहभागी हुनुपहिला आयोजकबारे विस्तृतमा थाहा पाउनुपर्ने शिक्षा लिन्छन् त कलाकारहरूले ?