भृकुटीमण्डपमा शुरू भयो हस्तकला प्रतियोगिता

काठमाडौं। भृकुटीमण्डपमा आजदेखि १७औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता शुरू भएको छ।

नेपाली हस्तकलाको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला तथा प्रतियोगिता आयोजना गरिएको नेपाल हस्तकला महासंघले जनाएको छ।

महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले मेलामा नेपाली तथा विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरूको सहभागिता रहेको बताए।

मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र बाँसबाट बनेका सामानहरू राखिएको संयोजक शाक्यको भनाइ छ।

मेलामा आठवटा प्याभिलियनसहित करीब दुई सय वटा स्टल छन्।

भारत, श्रीलंका, बंगलादेशलगायत मुलुकका व्यवसायीको २० वटा स्टल छन्।

संयोजक शाक्यका अनुसार हस्तकला कलाकार तथा कालीगढहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कृतसमेत गरिनेछ।

मेला १६ मंसीरसम्म चल्नेछ।