भारतले पुरुष फुटबलमा सहभागिता नजनाउने
काठमाडौं। भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि १३औं दक्षिण एशियाली खेलकुद (साग)मा फुटबलका खेलहरू राउण्ड रोविन लिग प्रणालीमा हुने भएको छ।

महिला र पुरुष दुवै तर्फका खेलहरू राउण्ड रोविन लिग प्रणालीमा हुने भएको हो।

गत संस्करणको उपविजेता भारतले पुरुष फुटबलमा सहभागिता नजनाउने भएपछि अखिल नेपाल फुटबल संघले आज नयाँ खेल तालिका सार्वजनिक गरेको छ।

नयाँ तालिका अनुसार नेपालले पहिलो खेल १७ मंसीरमा भुटानविरुद्ध खेलेर प्रतियोगिताको शुरुआत गर्नेछ।

पुरुष फुटबल १६–२४ मंसीरसम्म हुनेछ।

लिगको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्।

पुरुष फुटबलमा अब नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान गरी पाँच देशले प्रतिस्पर्धा गर्नेछन्।

पुरुष फुटबलको पहिलो खेलमा बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछ।

दोस्रो खेलमा भाल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछ।

पुरुष फुटबलका सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

दशरथ रंगशालाको सम्पूर्ण काम आज राति १२ बजेसम्म सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले बताए।

एन्फाले यसअघि सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको थियो।

नेपालको समूहमा बंगलादेश र भुटान समावेश थियो।

सागको पुरुष फुटबलमा नेपाल साविक विजेता हो।

भारतको सिलोङ र गुवाहिटीमा सम्पन्न १२औं सागमा नेपालले भारतलाई हराउँदै स्वर्ण पदक जितेको थियो।

सागको फुटबलमा यू–२३ टीमले प्रतिस्पर्धा गर्नेछन्, जसमा तीन सिनियर खेलाडी राख्न पाइनेछ।

महिला फुटबलमा भने भारतले सहभागिता जनाउने छ।

महिला फुटबलमा नेपाल, भारत, श्रीलंका र माल्दिभ्स गरी चार टोलीको सहभागिता रहनेछ।

१७–२३ मंसीरसम्म पोखरा रंगशालामा हुने महिला फुटबलमा नेपालले पहिलो खेल श्रीलंकाविरुद्ध खेल्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्