सागमा १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)मा १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालले सागको सुरक्षा व्यवस्था मजबुत हुने बताए।

उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि प्रतियोगिताको उद्घाटन र समापनका दिन जोर बिजोर सवारीसाधन चलाउने व्यवस्था गरिएको छ।

प्रतियोगिताको उद्घाटनको दिन १५ मंसीरमा जोर नम्बर प्लेट भएका सवारीसाधन चल्नेछन्।

समापनको दिन २४ मंसीरमा बिजोर नम्बर प्लेटका सवारीसाधन चलाउने व्यवस्था गरिएको आईजीपी खनालले बताए।

दशरथ रंगशालामा खेल हेर्न आउने दर्शकका लागि टुँडिखेलमा पार्किङको व्यवस्था गरिएको छ।

त्यस्तै त्रिपुरेश्वर–नागस्थान–शहीदगेटलाई वान वे बनाइने प्रहरी प्रमुख खनालले बताए।

कालीमाटीबाट सोझै थापाथली जान पाउने, थापाथलीबाट कालीमाटी सोझै जान पाउने, शहिदगेटबाट त्रिपुरेश्वर जान पाउने तर, त्रिपुरेश्वरबाट सुन्धारातर्फ जान नपाउने व्यवस्था गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एशियाली खेलकुद (साग)को सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।

सिलवालले आज दशरथ रंगशालाको सरसफाइबाहेक सम्पूर्ण काम आज राति १२ बजेसम्म सकिने, सातदोबाटोको स्विमिङ पुल १४ मंसीरसम्म खेल्न मिल्ने बताए।

‘दशरथ रंगशालको भीआईपी प्यारापेटतर्फ सीट राख्ने काम आज राति सकिनेछ, १३ मंसीरमा ग्राण्ड रिहर्सल गर्नेछौं,’ सिलवालले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्