काठमाडाैंमा ३८ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडाैं। काठमाडौं उपत्यकाभित्र गैरकानुनी रूपमा हुण्डीकाे कारोबार गर्ने दुईजना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाकाे टाेलीले आज दिउँसो उनीहरूलाई पक्राउ गरेकाे हाे।

राजश्व छली गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले कृष्णप्रसाद भट्टराई र अन्जनी ओभरसिजका सञ्चालक गोवर्द्धनप्रसाद सरावगीलाई पक्राउ गरेकाे हाे।

प्रहरीका अनुसार सरावगीले ३० लाख रकम भट्टराईलाई हुण्डी गर्न दिएका थिए।

त्यस्तै सरावगीबाट आठ लाख १२ हजार नगदलगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेकसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

उनीहरूमाथि आवश्यक अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्