काठमाडौं। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरैयामा एक युवकको कुटेर हत्या गरिएको छ।
आज दिउँसो महाकाली नगरपालिका–३, दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटपिटबाट हत्या भएको कञ्चनपुरका प्रहरी प्रमुख, एसपी दिनेशकुमार आचार्यले जानकारी दिए। “मोटरसाइकल र स्कुटर ठोकिएको विषयमा विवाद भएर सामूहिक कुटपिट भएको देखिएको छ,” उनले भने, “उपचारका लागि भारततर्फ लैजाने क्रममा मृत्यु भएको हो।”
बुवा बिशन पन्तसँगै दोधाराबाट महेन्द्रनगर बजार आएका युवक पन्त घरतर्फ फर्किने क्रममा गोबरिया नजिकै केही युवाहरूको मोटरसाइकल ओभरटेक गरेर अघि बढेका थिए।
ओभरटेक गरेर गएको भन्दै रोकेर ती युवकलाई कुटपिट गरिएको हो। मोटरसाइकलमा रहेका युवाहरूको समूहको कुटपिटबाट गम्भीर घाइते भएका पन्तलाई उद्धार गरेर उपचारका लागि भारत लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले कुटपिटमा संलग्न पाँच जना युवालाई तत्कालै पक्राउ गरेको छ। उनीहरूको साथबाट मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटमा संलग्न रहेका युवाहरू लागूऔषध प्रयोगकर्ता हुन्। उनीहरू विभिन्न चोरीका घटनामासमेत संलग्न रहँदै आएका थिए। तीमध्ये केही यसअघिसमेत विभिन्न घटनामा पक्राउ परेर छुटेका व्यक्ति हुन्।