लिम्पियाधुरासँगै सुस्ताको पनि सीमा समस्या समाधान गर्छौं- सञ्चारमन्त्री बाँस्कोटा
<p>काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले लिम्पियाधुुरासँगै सुस्ताको पनि सीमा समस्या समाधान गर्न चाहेको बताएका छन्। </p>
<p>आज सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सरकारले लिम्पियाधुराको विषयमा भारतलाई कूटनीतिक ‘नोट’ पठाइसकेको जानकारी पनि दिए। </p>
<p>बाँस्कोटाले लिम्पियाधुरासँगै सुस्ताको सीमा समस्याको पनि कूटनीतिक र राजनीतिक रूपमा समाधान गर्न पहल गर्ने बताए। नेपालले कालापानी तथा लिम्पियाधुरा सम्बन्धी नेपाल पक्षका ऐतिहासिक दस्तावेज, कागज–पत्र प्रमाण जुटाएर तथ्यगत आधारमा वार्ता गरिने पनि बताए। </p>
<p>पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन दिने जानकारी दिए। </p>
प्रतिक्रिया दिनुहोस्