नेपालगन्जमा ग्रासरूट फुटबल

बाँके। बाँकेमा भोलि, १३ मंसीरबाट शुरू हुने ग्रासरूट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।

स्थानीयस्तरमा फुटबलको विकास गर्ने लक्ष्यसहित बाँके जिल्ला फुटबल संघले प्रतियोगिता गर्न लागेको हो।

८ विद्यालयको सहभागिता रहने प्रतियोगितामा १० देखि १३ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको तयारीबारे आज गरिएको पत्रकार सम्मेलनमा बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाहीले प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर ग्रासरूट प्रतियोगिता गर्न लागिएको बताए।

प्रतियोगिता नेपालगन्ज रंगशालामा हुनेछ।

एन्फा बाँके उपाध्यक्ष नागिन श्रेष्ठले ग्रासरूट फुटबल प्रतियोगिताले फुटबलको संस्कृति र स्तर बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्