काठमाडौं। सरकार र पार्टीले सम्पादन गरेका कामका विषयमा जनतालाई जानकारी दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशव्यापीरूपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। पार्टी एकताको काम करीब-करीब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो।
विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पुर्याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ। राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकार, पार्टी र जनताको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन विशेष अभियानको तयारी भइरहेको बताए। एकताका केही छिटफुट काम केही दिनभित्रै सम्पन्न गर्ने मनस्थितिमा आफूहरु पुगेको उनको भनाइ छ। “अब छिट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाएर योजनाबद्धरूपमा जनताको बीचमा जाने तयारी गरिएको छ”, उनले भने।
विशेष गरी नेकपाले सचिवालय बैठकमार्फत् आवश्यक निर्णय लिँदै आएको छ। त्यसले पार्टी कमिटी संस्थागत नभएको आरोपसमेत बेलाबेलामा लाग्ने गरेको छ। अन्य एकताका कामले साकार रूप लिए पनि पोलिटब्यूरो गठन भने हुन सकेको छैन। पार्टीभित्र तत्काल स्थायी र केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने माग पनि उठेको छ।
पार्टी एकतापछि स्थायी कमिटीको बैठक एक पटक मात्रै बसेको छ। पार्टीलाई बढी व्यवस्थित र वैज्ञानिक बनाउने लक्ष्यका साथ अब नियमितरूपमा कमिटीका बैठक राख्ने, योजना तय गर्ने र कार्यान्वयन गर्ने योजनामा नेकपा पुगेको छ। सचिवालयको पछिल्लो बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा मात्रै केन्द्रित रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन टुङ्गो लागेको छ।
अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लागेसँगै पार्टी कामकारवाहीले जीवन्तता प्राप्त गर्ने विश्वास लिइएको छ। आठ लाख बढी नेता, कार्यकर्तालाई राष्ट्रियरूपमा परिचालन गर्ने योजनाका साथ पार्टी लागेको महासचिव पौडेलको भनाइ छ। ठूलो सङ्ख्यामा रहेका पार्टी नेता कार्यकर्तामा राजनीतिक कार्यक्रम र गतिविधि सुस्त हुँदा पार्टीले निकै ठूलो क्षति ब्यहोर्नुपरेको गुनासो पार्टीभित्रै उठ्दै आएको छ।
एकता प्रक्रिया नटुङ्गिएका कारण कार्यकर्ता तहमा भएको अन्योल अहिले साम्य भएको भन्दै महासचिव पौडेलले तीन तहको सरकारले गरेका महत्वपूर्ण कार्य सम्पादनबारेमा जनता र कार्यकर्तालाई समेत जानकारी दिनका लागि अभियान जरुरी रहेको बताए।
अभियानसँगै सरकार र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नेकपा पङ्क्ति र जनसमुदायलाई एक साथ सन्देश दिन लागिएको उल्लेख गर्दै उनले त्यसले जनतासँगको सम्बन्धलाई समेत थप सुदृढ गर्ने विश्वास व्यक्त गरे।
उनले भने, “पार्टी निर्माण र सञ्चालनका लागि हामीले कस्तो वैधानिक व्यवस्था गरेको छौँ भन्ने विषयमा आमकार्यकर्ता तहमा मतैक्य होस् भन्ने चाहना राखिएको छ। आजको नेकपाको सैद्धान्तिक र नीतिगत मान्यता के हुन् भन्नेमा थप स्पष्ट गर्नु जरुरी भएको छ।” नेकपाले तत्कालका लागि समाजवाद उन्मुख ‘जनताको जनवाद’लाई आफ्नो कार्यक्रम बनाएको छ।
राजनीतिक स्थिरता, देशको स्वतन्त्रता सार्वभौमसत्ता र छिमेकीसँगको सम्बन्धलाई केन्द्रमा राखेर नेकपा अगाडि बढेकाले पनि जनताले आफूहरूलाई थप विश्वास गर्ने उनको भनाइ थियो। वर्तमान सरकार गठन भएपछि विकास–निर्माणका कामले गति लिएको, नेपालको अन्तरराष्ट्रियस्तरमा छवि उच्च बनेको, संविधान कार्यान्वयनसँगै जनताले परिवर्तनको महसुस गरेका पौडेल बताउँछन्।
“सरकार गठन भएको यस अवधिलाई कुनै पूर्वाग्रह नराखीकन हेर्ने आम मान्छेले सहजै अनुमान गर्न सक्छन्, आलोचनाका लागि मात्रै आलोचना गर्नेलाई त मेरो भन्नु केही छैन”, उनले भने, “काठमाडौँ नागढुङ्गा सुरुङमार्ग निर्माणको काम शुरू भएको छ। देशव्यापीरूपमा नै सडक कालोपत्र भएका छन्। भेरी बबई डाइभर्सन आयोजनाको कामले गति लिएको छ। आर्थिक विकासका काम भएका छन्। केरुङ–काठमाडौं रेलमार्ग तथा काठमाडौं–रक्सौल रेलमार्ग निर्माणको कामसमेत अगाडि बढेको छ।”
पछिल्ला दिनमा पार्टी अध्यक्ष दाहालसँगै देशका विभिन्न स्थानमा कार्यकर्ता भेटघाटमा समेत संलग्न रहेका महासचिव पौडेलले जनतामा नेकपाप्रतिको विश्वास उस्तै रहेको आफूले पाएको जानकारी दिए। “सरकारले काम गर्दैछ, नेकपा हाम्रै पक्षमा छ भन्ने विश्वास जनतामा छ”, उनले भने।
राष्ट्रियताको विषयमा कोही कसैसँग सम्झौता नहुने भन्दै महासचिव पौडेलले नेपालको एक इन्च जमीन पनि नछाडिने दृढता व्यक्त गरे। कालापानीको सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलका बीचमा राष्ट्रिय सहमति कायम भएको तथा सोही आधारमा सरकार अगाडि बढेको उनको भनाइ छ।
“भारत सरकारलाई हाम्रो तर्फबाट ‘प्रोटेस्ट नोट’ पठाइएको छ। त्यहाँ तथ्य र प्रमाणका आधारमा कालापानी नेपालको हो भन्ने प्रष्ट पारिएको छ। सरकारले वार्ता र संवादमार्फत नेपालको भूमि फिर्ता ल्याउँछ”, उनले भने। केही राजनीतिक दलले अनावश्यक रूपमा राष्ट्रियता र सार्वभौमसत्ताको विषय उचालेको भन्दै महासचिव पौडेलले सरकारले उत्तेजनामा नआई जिम्मेवार भएर समस्याको समाधान गर्ने विश्वास दिलाए। रमेश लम्साल र शरद शर्मा/रासस
" /> काठमाडौं। सरकार र पार्टीले सम्पादन गरेका कामका विषयमा जनतालाई जानकारी दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशव्यापीरूपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। पार्टी एकताको काम करीब-करीब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो।विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पुर्याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ। राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ।

">