अर्घाखाँची बस दुर्घटनाः ज्यान गुमाउने सबैको सनाखत

अर्घाखाँची। अर्घाखाँचीमा भएकाे दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ।

ज्यान गुमाउनेमा सन्धिखर्क–७, डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकै ५४ वर्षीय बलराम भट्टराई, सात वर्षीया मोनिका खड्का, १८ वर्षीया माया पुरी, सन्धिखर्क–२ की ५९ वर्षीया सीताकुमारी नेपाली, भूमिकास्थान–१० का ५४ वर्षका छविलाल गैरे, भूमिकास्थान–९ की ५० वर्षीया सीता घिमिरे, सोही ठाउँकै ५० वर्षीया विष्णुमाया गैरे, २२ वर्षीय शैलेश थापा छन्।

त्यस्तै भूमिकास्थान–७ का ५१ वर्षीय मेघनाथ जैसी, सितगङ्गा नगरपालिका–१ की १४ वर्षीया मञ्जु विक, सितगङ्गा–७, कल्लेरीका ४८ वर्षीय लोकबहादुर दर्जी, सोही ठाउँकै हरिबहादुर दर्जी, सितगङ्गा–२ का ३८ वर्षीय सवारीधनी सन्तबहादुर बस्नेत, छत्रदेव गाउँपालिका–८ का ४२ वर्षीय कृष्णबहादुर सुनार, गुल्मी दाने घर भई भैरहवा गैडहा–७ बस्ने ३२ वर्षीय चालक वसन्त भनिने ओमबहादुर थापा, गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी बल २७ नं गण रुपन्देहीमा कार्यरत प्रहरी जवान २७ वर्षीय राजकुमार महत, कपिलवस्तु वाणगङ्गाका तीनमहिने बालक शोभाखर पोखरेल र वाणगङ्गा–८, चपरगाउँकी २७ वर्षीया सीता बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

बसमा सवार ३९ जनामध्ये २० जना घाइते भएका छन्।

सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धीखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्