बाँके। उपनिर्वाचन हुन दुई दिन मात्रै बाँकी हुँदा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। ११ मंसीर र आज गरी प्रहरीले कोहलपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ।
निर्वाचन विरोधी गतिविधि गरेको आशंकामा १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
१४ मंसीरमा हुने उपनिर्वाचनलाई बिथोल्न निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा कोहलपुर नगरपालिका–६ बाट उनीहररूलाई पक्राउ गरिएको डीएसपी शाहीले बताए। उनका अनुसार पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहेका छन्।
“कोहलपुर–६ मा उपनिर्वाचन बहिष्कारको पर्चा टाँसिरहेको अवस्थामा पक्राउ गरेका हौं। चुनाव बहिष्कार गर्ने भन्दै कार्यकर्ता खटाइएको रहेछ। हामीले पर्चा पम्पलेट पनि बरामद गरेका छौं” उनले भने, “निर्वाचन विरोधी गतिविधि नगर्न सचेत गराउँदै उनीहरूलाई निगरानीमा छाडेका छौं निर्वाचन विरोधी गतिविधि गर्ने अन्य समूह तथा व्यक्ति पनि हाम्रो उच्च निगरानीमा छन्। सुरक्षा व्यवस्था कडा पारेका छौं।”
पक्राउ पर्नेमा वैद्य माओवादीका पोलिटब्यूरो सदस्य कोहलपुर–६ का भूपेन्द्र न्यौपाने शर्मा, केन्द्रीय सदस्य कोहलपुर–४ का तेजविक्रम शाही, बाँके जिल्ला सचिव कोहलपुर–३ का प्रेम थापा, जिल्ला सदस्य नेपालगञ्ज–१० का सुरेश वली, विद्यार्थी नेता हृदयेश शाह, साधारण सदस्य खजुरा गाउँपालिका–२ का पुम पोखरेल, वडा नं ६ का तारा विक, बर्दिया बाँसगढी नगरपालिका–९ का धीरेन्द्र सिंह, ठाकुरबाबा नगरपालिका–२ का पविराम आचार्य र कोहलपुर नगरपालिका–३ का विपिन रोकाय रहेका छन्।
डीएसपी शाहीका अनुसार उपनिर्वाचनको मौन अवधि शुरू भएसँगै सुरक्षा व्यवस्था झनै कडा पारेको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन्। उपनिर्वाचनलाई लक्षित गरेर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले बताए। उपनिर्वाचनलाई लक्षित गरेर थप सुरक्षाकर्मी परिचालन गरेर पैदल तथा गाडीमा २४ सै घण्टा गस्ती गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। रासस