काठमाडौं। विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन्।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन्।
कोरोना महामारी सुरु भएयता विश्वका १९ देशमा २ सय ९३ जना नेपालीको मृत्यु कोरोनाका कारण भएको छ।
समितिका अनुसार कोरोना भाइरसका कारणले हाल सम्म सबै भन्दा बढी साउदी अरब ८४ जना नेपालीको मृत्यु भएको छ। यस्तै बेलायतमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ।
भारतमा निधन भएका ४० जना मध्ये १० जना महिला भएको नयाँ दिल्लीस्थित अलइन्डिया इन्टिच्यूट अफ साइन्समा कार्यरत डा.सागर पौडेलले जानकारी दिएको स्वास्थ्य समितिले जनाएको छ।
समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, युके, युएई, कतार, साउदी अरब र जापानमा थप संक्रमण देखिएको छ। यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ।
हालसम्म नेपाल भित्र २ लाख १८ हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोना मुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ।
नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत ३२ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ।
" /> काठमाडौं। विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन्।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन्।

">