८ केजी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

गएराति ११ बजे हङकङबाट नेपाल एयरलाइन्सको आर ए ४१० फ्लाइटमार्फत आएका दुई जना चिनियाँ नागरिक समातिएका हुन्।

पक्राउ पर्नेहरुमा चीनको फुजियान प्रान्तका छङ चाओयाङ र छङ छिङहुआङ रहेको विमानस्थलका डीआइजी सूर्यप्रसाद उपाध्यायले देखापढीलाई बताए।

डीआइजी उपाध्यायले उनीहरुलाई चेकजाँच गर्ने क्रममा कम्मरमा ४-४ केजी सुन बाँधेर राखेको अवस्थामा भेटिएको बताए।

प्रतिक्रिया दिनुहोस्