फूलको रस चुस्दै हिँड्ने कामदार माहुरीहरुलाई रस ल्याउने बाहेक अर्को जिम्मेवारी पनि दिइएको हुन्छ । उनीहरुले आफ्नो घारलाई ओसिलो बनाइरहनुपर्छ । तर, यिनै माहुरी पोखरीमा खसे भने तिनको पखेटा भिज्छ र उड्न नसक्ने हुन्छन् । त्यतिबेला उनीहरु के गर्छन् ?
क्यालिफोर्निया इन्स्टिच्युट अफ् टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धान भन्छ– जब पोखरीमा कुनै माहुरी खस्छ, उसले आफ्नो पखेटाको सहयोगले पानीका लहरहरु सिर्जना गर्छ । तिनै लहरले धकेलिएर ऊ जमिनतिर पुग्छ । त्यसैले त वैज्ञानिकहरु उनीहरुलाई संसारकै उत्कृष्ट सर्फर भन्छन् । सर्फर पनि त त्यसै गर्छन् । पहिले पानीका तरंग सिर्जना गर्छन् र तिनै तरंगको सहयोगले पानीको सतहमा कुद्छन् ।
“जब माहुरीहरु पानीमा खस्छन्, उनीहरुले बाँच्नका लागि किनारसम्म पुग्न सर्फरको भूमिका खेल्छन्”, वैज्ञानिक क्रिस रोह भन्छन् । रोह उक्त अनुसन्धान पत्रका प्रमुख लेखक हुन् ।
रमाइलो त के भने, यो विषयमा अनुसन्धान गर्ने विचार पनि रोहलाई न्युटनलाई जस्तै फुरेको थियो । जसरी रुखबाट स्याउ खसेको देखेर आइज्याक न्युटनले गुरुत्वाकर्षणबारे खोज गरे, त्यसैगरी रोहलाई विचार फुरेको थियो । सन् २०१६ मा उनी क्यालटेकको मिलिकान पोखरी नजिकबाट जाँदै थिए, उनले एउटा माहुरीले पानीको सतहमा तरंगहरु सिर्जना गरेको देखे । उनी अचम्म परे । यति सानो किराले कसरी पानीको सतहबाटै उड्न सकिन्छ भन्ने जान्यो होला भनेर छक्कै परे ।
त्यसपछि रोह र उनका अरोनटिक्सका प्राध्यापक साथी मर्टेजा घारिब मिलेर माहुरीको पखेटबारे अनुसन्धान गर्ने निधो गरे ।  उनीहरुले यस्तो अभ्यास गर्ने अरु किरा फेला पारेका छैनन् । सम्भवतः रस संकलन गर्नुपर्ने भएकाले त्यसमा नडुब्ने प्रयासले यस्तो विशेषता विकास भएको अनुसन्धानकर्ताहरुको अनुमान छ ।
रोह र घारिबले माहुरीबाट पाएको यो ज्ञान समुद्र र आकाश दुवैमा यात्रा गर्न सक्ने रोबोट बनाउन प्रयोग गर्ने योजना बनाएका छन् । उनीहरुले माहुरीको जस्तै सर्फिङ चाल भएको मेकानिकल मोडल बनाइसकेका छन् । अब उनीहरुले यसलाई उड्ने क्षमतासम्म विकास गर्ने अभ्यास थाल्दैछन् । यस्तो प्रविधिको विकास गर्न सकिए खोज र उद्धारमा धेरै सहयोग पुग्ने उनीहरुको विश्वास छ ।
न्यू योर्क टाइम्सबाट अनुदित
"> गुलियो मह दिने माहुरी नयाँ ज्ञान पनि दिँदैछन् : Dekhapadhi
गुलियो मह दिने माहुरी नयाँ ज्ञान पनि दिँदैछन्
माहुरी भन्नासाथ हामी धेरैलाई महको सम्झना हुन्छ । फूलको रस चुसेर हामीलाई मह दिने माहुरीको गुण तिरिनसक्नु छ । जीवनको प्रक्रिया बुझेकाहरुले भने माहुरीलाई जीवनचक्रकै अंगको रुपमा लिन्छन् ।
परागसेचन नभए नयाँ बिरुवा बन्दैन । नयाँ–नयाँ बिरुवा नबनी जीवन चल्दैन । किनभने तपाईंले सास फेर्दा लिने अक्सिजन त बोटबिरुवाले नै दिन्छन् ।
त्यसैले माहुरी गुलियो मह मात्र होइन, यो सुन्दर जीवनको सञ्चालक पनि हो ।
हालै भएको अनुसन्धानले माहुरीको अर्को विशेषता पनि फेला पारेको छ । अनुसन्धान भन्छ– परागसेचनमा योगदान नगर्ने भए पनि माहुरीहरु संसारकै उत्कृष्ट सर्फरको रुपमा चिनिने थिए । सर्फर अर्थात् पानीको सतहमा सर्फबोर्डको सहायताले कुद्ने खेलाडी । तपाईंले टेलिभिजनमा देख्नुभएकै होला ती खेलाडीहरुलाई जो सानो फ्ल्याकजस्तो बोर्डको सहयोगमा समुद्रको सतहमा कुदिरहेका हुन्छन् । उनीहरुले त्यसका लागि समुद्रको पानीमा सिर्जना हुने लहरहरुको साथ लिइरहेका हुन्छन् ।
अनुसन्धान भन्छ– माहुरीहरु ती सर्फरभन्दा पनि उत्कृष्ट छन् ।
थोरै व्याख्यामा बुझौं ।
फूलको रस चुस्दै हिँड्ने कामदार माहुरीहरुलाई रस ल्याउने बाहेक अर्को जिम्मेवारी पनि दिइएको हुन्छ । उनीहरुले आफ्नो घारलाई ओसिलो बनाइरहनुपर्छ । तर, यिनै माहुरी पोखरीमा खसे भने तिनको पखेटा भिज्छ र उड्न नसक्ने हुन्छन् । त्यतिबेला उनीहरु के गर्छन् ?
क्यालिफोर्निया इन्स्टिच्युट अफ् टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धान भन्छ– जब पोखरीमा कुनै माहुरी खस्छ, उसले आफ्नो पखेटाको सहयोगले पानीका लहरहरु सिर्जना गर्छ । तिनै लहरले धकेलिएर ऊ जमिनतिर पुग्छ । त्यसैले त वैज्ञानिकहरु उनीहरुलाई संसारकै उत्कृष्ट सर्फर भन्छन् । सर्फर पनि त त्यसै गर्छन् । पहिले पानीका तरंग सिर्जना गर्छन् र तिनै तरंगको सहयोगले पानीको सतहमा कुद्छन् ।
“जब माहुरीहरु पानीमा खस्छन्, उनीहरुले बाँच्नका लागि किनारसम्म पुग्न सर्फरको भूमिका खेल्छन्”, वैज्ञानिक क्रिस रोह भन्छन् । रोह उक्त अनुसन्धान पत्रका प्रमुख लेखक हुन् ।
रमाइलो त के भने, यो विषयमा अनुसन्धान गर्ने विचार पनि रोहलाई न्युटनलाई जस्तै फुरेको थियो । जसरी रुखबाट स्याउ खसेको देखेर आइज्याक न्युटनले गुरुत्वाकर्षणबारे खोज गरे, त्यसैगरी रोहलाई विचार फुरेको थियो । सन् २०१६ मा उनी क्यालटेकको मिलिकान पोखरी नजिकबाट जाँदै थिए, उनले एउटा माहुरीले पानीको सतहमा तरंगहरु सिर्जना गरेको देखे । उनी अचम्म परे । यति सानो किराले कसरी पानीको सतहबाटै उड्न सकिन्छ भन्ने जान्यो होला भनेर छक्कै परे ।
त्यसपछि रोह र उनका अरोनटिक्सका प्राध्यापक साथी मर्टेजा घारिब मिलेर माहुरीको पखेटबारे अनुसन्धान गर्ने निधो गरे ।  उनीहरुले यस्तो अभ्यास गर्ने अरु किरा फेला पारेका छैनन् । सम्भवतः रस संकलन गर्नुपर्ने भएकाले त्यसमा नडुब्ने प्रयासले यस्तो विशेषता विकास भएको अनुसन्धानकर्ताहरुको अनुमान छ ।
रोह र घारिबले माहुरीबाट पाएको यो ज्ञान समुद्र र आकाश दुवैमा यात्रा गर्न सक्ने रोबोट बनाउन प्रयोग गर्ने योजना बनाएका छन् । उनीहरुले माहुरीको जस्तै सर्फिङ चाल भएको मेकानिकल मोडल बनाइसकेका छन् । अब उनीहरुले यसलाई उड्ने क्षमतासम्म विकास गर्ने अभ्यास थाल्दैछन् । यस्तो प्रविधिको विकास गर्न सकिए खोज र उद्धारमा धेरै सहयोग पुग्ने उनीहरुको विश्वास छ ।
न्यू योर्क टाइम्सबाट अनुदित
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्