काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एक दशकभन्दा बढी समय कप्तानी गरेका पारस खड्काले दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणको मार्च पासमा नेपालको झण्डा बोक्ने भएका छन्।
खेलाडीले आफ्नो करिअरमा हासिल गरेको सफलताका आधारमा यस्ता ठूला प्रतियोगितामा झण्डा बोक्न दिने प्रचलन छ। भर्खरै क्रिकेट टोलीको कप्तानको जिम्मेवारी छाडेका पारसले नेपाली क्रिकेट टोलीलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए। पारसकै कप्तानीमा नेपालले बंगलादेशमा सन् २०१४ मा आइसिसी टी-२० विश्वकप क्रिकेट खेलेको थियो।
दिपकले टर्च बाल्ने,आयषाले सपथ लिने
खेलाडीको तर्फबाट आयषा शाक्यले सपथ लिनेछिन्। तेक्वान्दोकी आयशाले १२औं र १०औंमा रजत तथा ११औंमा स्वर्ण पदक जितेकी थिइन्। उनी चौथो पटक साग प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछिन् ।
आयषाका पति दिपक विष्टले ओलम्पिक टर्च लाइट बाल्नेछन्। तेक्वान्दोका विष्ट साग प्रतियोगितामा सबभन्दा सफल खेलाडी हुन्। ओलम्पियन विष्टले आठौं, नवौं, दशौं, र एघारौं सागमा स्वर्ण पदक जितेका थिए। स्वयम्भुबाट शुरु गरिएको ओलम्पिक टर्च सातै प्रदेशमा घुमाएर १५ मंसीरमा (उद्घाटनका दिन) काठमाडौं ल्याइँदैछ।
निर्णायकको तर्फबाट ब्याडमिन्टन रेफ्री दीपक थापाले सपथ लिनेछन्। दीपक ब्याडमिन्टन एशिया सिर्टिफिकेटेड (ब्याडमिन्टन एशियाको सिनयर अम्पायर) अम्पायर हुन्। प्राविधिक कमिटीले सिफरिस गरेको नामलाई समारोह समितिले पारित गरेको समारोह समितीका सचिव कुलबहादुर थापाले जानकारी दिए।