"> “प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्नेबारे छलफल हुँदैछ” (भिडिओसहित): Dekhapadhi
“प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्नेबारे छलफल हुँदैछ” (भिडिओसहित)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेबारे छलफल भइरहेको भइरहेको बताएकी छन्।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रा.डा. शाहले यसबारे जानकारी दिएकी हुन्।

१२ बर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि केही समयअघि दुइ पटक प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीका चिकित्सकहरुले पुनः प्रत्यारोपण गर्ने विकल्पमा समेत तयारी शुरु गरेका थिए।

“मिर्गौला प्रत्यारोपण गर्न पनि सकिन्छ, तर कहाँ गर्ने र कहिले गर्ने भन्नेबारे चाहिँ हामी कुनै निर्णयमा पुगिसकेका छैनौं”, उनले भनिन्, “सबै कुरा मिलाएर, उपयुक्त समयमा प्रत्यारोपण गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएमा विदेशमा वा नेपालमै पनि गर्न सकिने उनले बताइन्।

“नेपालमा १२ सयजति मिर्गौला प्रत्यारोपण भइसकेको छ, अब सर्जनदेखि युरालोजिस्टको ठूलो टिम पनि तयार भइसकेको छ”, उनले भनिन्, “आजको दिनमा डायलासिसबाटै पनि १०–२० बर्ष मिर्गौलाले राम्रोसँग काम गर्न सक्छ, तर प्रत्यारोपण गर्ने हो भने सँधै डायलासिस गर्नुपर्दैन।

डायलासिस गरेकोभन्दा प्रत्यारोपण गरेकोमा स्वास्थ्य राम्रो हुन्छ। तर, प्रत्यारोपण गर्न हतार गरिहाल्नुपर्छ भन्ने अबस्था पनि होइन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्