राजपुर हत्याकाण्डका मुख्य अभियुक्त, रौतहटकै प्रभावशाली नेता आलम जेल चलान भएपछि भने पीडितसँगै गौरवासीमा पनि गौर हत्याकाण्डको ‘फाइल खुल्ने’ आशा पलाएको छ।

गौर हत्याकाण्ड १३ बर्षदेखि फाइल बन्द हुनुपर्नेगरीको सामान्य घटना थिएन। यसले देश हल्लाएको थियो। क्रुरताले धेरैको मथिंगल खल्बल्याइदिएको थियो।

घटनापछि यसको अध्ययन–छानविन गरेका मानवअधिकारसम्बन्धी विभिन्न संघसंस्थाले प्रहरी प्रशासनको कमजोरीले गौर हत्याकाण्ड निम्तिएको निष्कर्शसहितका प्रतिवेदन सार्वजनिक गरेका थिए।

प्रहरीले समयमै यति विभत्स घटना हुने आकलन गर्न नसक्नु एउटा पाटो हुन सक्ला। तर, यो घटना यति क्रुर हुने अनुमान कसैले गरेका थिएनन्।

माओवादीका कार्यकर्तालाई सभास्थलबाट लखेटेर भाला, लठ्ठी लगायतका घरेलु हतियारले निर्ममतापूर्वक हत्या गरिएको थियो।

ज्यान बचाउन भाग्दै गरेका कतिपय माओवादी कार्यकर्तालाई पनि गौरभन्दा परसम्म पुर्याएर समेत हत्या गरिएको थियो।

नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भएको यो घटनालाई अहिले पनि कतिपयले ‘राजनीतिक’ भन्ने गर्छन्। त्यहीकारण पनि यसको फाइल बन्दको बन्दै रह्यो।

यो घटनासँग सिधा जोडिएको उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम पटकपटक फुट्दै, जोडिँदै अहिले अहिले नयाँ शक्तिसँग पार्टी एकीकरण गरेपछि समाजवादी पार्टी बनेको छ।

गौर हत्याकाण्ड हुँदा फोरमको अध्यक्ष रहेका यादव अहिले पनि पार्टी अध्यक्ष छन् र सरकारमा उपप्रधानमन्त्री तथा कानूनमन्त्री छन्।

गौर हत्याकाण्ड भएको दिन त्यहाँ भएको प्रदर्शन र झडपको नेतृत्व फोरमका तर्फबाट बबन सिंह, ललन सिंह, चन्द्रिका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भू साह, बलराम सिंह कुँवर, गणेशमान यादवलगायतले गरेका थिए।

घटनामा भारतबाट आएका व्यक्तिहरुसमेत संलग्न रहेको विभिन्न अध्ययनहरुले देखाएका थिए। केही प्रतिवेदनमा त राजनीतिक कार्यक्रम गर्ने वहानामा योजनाबद्ध रुपमै मोर्चाका कार्यकर्ताको हत्या गर्ने उद्धेश्य रहेको समेत उल्लेख छ।

अन्तरिम संविधान जलाएर शुरु गरिएको २०६३ सालको मधेश आन्दोलनको नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा गौर हत्याकाण्ड भएको दाबी तत्कालीन नेकपा माओवादीले गरेको थियो।

तर, सरकारमा पुगेपछि भने माओवादीले पनि यो हत्याकाण्डको अनुसन्धान अघि बढाउन कुनै पहल गरेन।

अधिवक्ता पुष्पराज पौडेलले रौतहटको राजपुर हत्याकाण्डका पीडितलाई न्याय दिलाउन करीब पाँच बर्ष कानूनी लडाइँ लडे।

रौतहटदेखि सर्वोच्च अदालतसम्म निरन्तर दौडधुप गरे। गौर हत्याकाण्डको अहिलेसम्म अनुसन्धान नै नभएको बताउने पौडेल अब यो हत्याकाण्डलाई कानूनी कठघरामा ल्याउनैपर्ने बेला आएको बताउँछन्।

गाैर बजार।

उनी भन्छन्, “राजनीतिक आन्दोलन भनेर यति विभत्स घटनाका दोषीलाई उन्मुक्ति दिन मिल्दैन। राज्यले दोषीलाई कानूनी कठघरामा ल्याउन र पीडितलाई न्याय दिन अब ढिलाई गर्न हुन्न।”

"> रौतहटमा चर्चाः आलमपछि अब गौर हत्याकाण्डको पालो ! : Dekhapadhi
रौतहटमा चर्चाः आलमपछि अब गौर हत्याकाण्डको पालो !
काठमाडौं। रौतहटको राजपुर, फरहदवामा २७ चैत २०६४ मा भएको २२ जनाको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताव आलम अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन्।

पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आलम पद र पैंसाको आडमा रौतहटलाई हल्लाएर राखेका व्यक्ति हुन्।

२०६४ को संविधानसभा निर्वाचनको एक दिनअघि चुनावी नतीजा आफ्नो पक्षमा पार्न वम बनाउन लगाएका आलमले त्यसक्रममा विष्फोट हुँदा घाइते भएकामध्ये २२ जनालाई इटाभट्टामा जलाएर मारेको अभियोग लागेको थियो।

शुरुमा राज्य–संयन्त्रहरुलाई नै उपयोग गरेर हत्याकाण्ड दबाएका आलम १२ बर्षपछि न्यायको कठघरामा पुगेका हुन्। र, त्यसमा काम गरेको थियो, पीडित परिवारले १२ बर्षसम्म अविचलित रुपमा गरेको संघर्ष र अपराध अनुसन्धानमा आफूलाई अब्बल सावित गरेको रौतहट प्रहरीको भूमिकाले।

प्रहरीको अब्बल अनुसन्धानकै कारण १२ बर्षअघिको यो विभत्स हत्याकाण्डका पीडितले लामो संघर्षपछि न्याय पाएको अनुभुति गरिरहेका बेला रौतहटमै त्योभन्दा एक बर्ष पहिले भएको अर्को गम्भीर हत्याकाण्डका पीडितमा पनि अब त्यो हत्याकाण्डको पनि अनुसन्धान हुने झिनो आशा पलाएको छ।

१३ बर्षअघि, ७ चैत २०६३ मा रौतहटको सदरमुकाम गौरमा भएको विभत्स हत्याकाण्डको कुरा हो, यो। त्यसबेला गौरमा २८ जनालाई लखेटी लखेटी मारिएको थियो।

“राजपुरभन्दा पनि ठूलो हत्याकाण्ड गौरमा भएको हो, अब प्रहरीले त्यो हत्याकाण्डको पनि अनुसन्धान गर्ला भन्ने आश जागेको छ”, केही दिनअघि गौरमा भेटिएका सो हत्याकाण्डका एक प्रत्यक्षदर्शीले भने, “मारिएकाका परिवार र घाइते पनि न्यायका लागि छटपटाइरहेका छन्। अब त्यो घटनाको पनि अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नुपर्छ। रौतहट प्रहरीले यो काम गर्न सक्छ।”

७ चैत्र २०६३ मा उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालीन मधेसी जनअधिकार फोरम, नेपाल र भर्खरै हिंसात्मक विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाको आमसभास्थल जुधेको थियो।

दुवैपक्षले एकै ठाउँमा आमसभा गर्ने अड्डी कसेपछि शुरु भएको विवाद हिंसामा परिणत भएको थियो। त्यसपछि फोरमका कार्यकर्ताले मोर्चाका कार्यकर्ता र समर्थकलाई लखेटी लखेटी मारेका थिए।

मोर्चाका कार्यकर्ता–समर्थकमध्ये आमसभास्थलमा ६, गौर नगरपालिका क्षेत्रभन्दा बाहिर हजमिनिया गाविसमा ११, मुडवलवा गाविस जाने बाटोमा २, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ गरी जम्मा २१ वटा शव फेला परेका थिए।

उपचारको क्रममा गौर अस्पतालमा ४ र भरतपुर लैजाँदै गर्दा बाटोमा दुइजना गरी जम्मा २८ जनाको मृत्यु भएको थियो। मारिनेहरु सबै माओवादीका कार्यकर्ता–समर्थक थिए।

यो घटनामा ५२ जनाभन्दा धेरै घाइते भएका थिए। घाइतेहरूमा केही सर्वसाधारण र फोरमका कार्यकर्ता भए पनि धेरैजसो माओवादीकै कार्यकर्ता र समर्थक थिए।

गौर हत्याकाण्डलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रमुख, एसपी रामकुमार खनालले अनुसन्धान टोली बनाएर घटनाको अनुसन्धान थालेका थिए। तर, अनुसन्धान अघि बढ्न सकेन।

गौर हत्याकाण्डका पीडितले त्यसबेला करिब तीनसय जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। तर, प्रहरीले अनुसन्धान अघि बढाएन। बरु केही समयमै यो घटनाको ‘फाइल बन्द’ भयो, जुन अहिलेसम्म बन्दको बन्दै छ।

राजपुर हत्याकाण्डका मुख्य अभियुक्त, रौतहटकै प्रभावशाली नेता आलम जेल चलान भएपछि भने पीडितसँगै गौरवासीमा पनि गौर हत्याकाण्डको ‘फाइल खुल्ने’ आशा पलाएको छ।

गौर हत्याकाण्ड १३ बर्षदेखि फाइल बन्द हुनुपर्नेगरीको सामान्य घटना थिएन। यसले देश हल्लाएको थियो। क्रुरताले धेरैको मथिंगल खल्बल्याइदिएको थियो।

घटनापछि यसको अध्ययन–छानविन गरेका मानवअधिकारसम्बन्धी विभिन्न संघसंस्थाले प्रहरी प्रशासनको कमजोरीले गौर हत्याकाण्ड निम्तिएको निष्कर्शसहितका प्रतिवेदन सार्वजनिक गरेका थिए।

प्रहरीले समयमै यति विभत्स घटना हुने आकलन गर्न नसक्नु एउटा पाटो हुन सक्ला। तर, यो घटना यति क्रुर हुने अनुमान कसैले गरेका थिएनन्।

माओवादीका कार्यकर्तालाई सभास्थलबाट लखेटेर भाला, लठ्ठी लगायतका घरेलु हतियारले निर्ममतापूर्वक हत्या गरिएको थियो।

ज्यान बचाउन भाग्दै गरेका कतिपय माओवादी कार्यकर्तालाई पनि गौरभन्दा परसम्म पुर्याएर समेत हत्या गरिएको थियो।

नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भएको यो घटनालाई अहिले पनि कतिपयले ‘राजनीतिक’ भन्ने गर्छन्। त्यहीकारण पनि यसको फाइल बन्दको बन्दै रह्यो।

यो घटनासँग सिधा जोडिएको उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम पटकपटक फुट्दै, जोडिँदै अहिले अहिले नयाँ शक्तिसँग पार्टी एकीकरण गरेपछि समाजवादी पार्टी बनेको छ।

गौर हत्याकाण्ड हुँदा फोरमको अध्यक्ष रहेका यादव अहिले पनि पार्टी अध्यक्ष छन् र सरकारमा उपप्रधानमन्त्री तथा कानूनमन्त्री छन्।

गौर हत्याकाण्ड भएको दिन त्यहाँ भएको प्रदर्शन र झडपको नेतृत्व फोरमका तर्फबाट बबन सिंह, ललन सिंह, चन्द्रिका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भू साह, बलराम सिंह कुँवर, गणेशमान यादवलगायतले गरेका थिए।

घटनामा भारतबाट आएका व्यक्तिहरुसमेत संलग्न रहेको विभिन्न अध्ययनहरुले देखाएका थिए। केही प्रतिवेदनमा त राजनीतिक कार्यक्रम गर्ने वहानामा योजनाबद्ध रुपमै मोर्चाका कार्यकर्ताको हत्या गर्ने उद्धेश्य रहेको समेत उल्लेख छ।

अन्तरिम संविधान जलाएर शुरु गरिएको २०६३ सालको मधेश आन्दोलनको नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा गौर हत्याकाण्ड भएको दाबी तत्कालीन नेकपा माओवादीले गरेको थियो।

तर, सरकारमा पुगेपछि भने माओवादीले पनि यो हत्याकाण्डको अनुसन्धान अघि बढाउन कुनै पहल गरेन।

अधिवक्ता पुष्पराज पौडेलले रौतहटको राजपुर हत्याकाण्डका पीडितलाई न्याय दिलाउन करीब पाँच बर्ष कानूनी लडाइँ लडे।

रौतहटदेखि सर्वोच्च अदालतसम्म निरन्तर दौडधुप गरे। गौर हत्याकाण्डको अहिलेसम्म अनुसन्धान नै नभएको बताउने पौडेल अब यो हत्याकाण्डलाई कानूनी कठघरामा ल्याउनैपर्ने बेला आएको बताउँछन्।

गाैर बजार।

उनी भन्छन्, “राजनीतिक आन्दोलन भनेर यति विभत्स घटनाका दोषीलाई उन्मुक्ति दिन मिल्दैन। राज्यले दोषीलाई कानूनी कठघरामा ल्याउन र पीडितलाई न्याय दिन अब ढिलाई गर्न हुन्न।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्