काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करणमा ‘गर या मर’को स्थितिमा रहेको नेपाली पुरुष भलिबल टोलीले आज बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध खेल्दैछ।
पहिलो खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाललाई प्रतियोगितामा अघि बढ्न आज भारतलाई हराउनुको विकल्प छैन। नेपालले आज साँझ ५ बजे राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भारतविरुद्ध खेल्दैछ।
अन्तिम चारमा प्रवेशका लागि नेपाल जित्नै पर्ने दबाबमा छ। ठीक विपरित भारत भने दबाबमुक्त छ। ढिला गरी नेपाल आइपुगेको भारतले १२ मंसीरमा बंगलादेशमाथि ३–० को सोझो सेटमा नतिजा निकालेको थियो।
भारतसँग पराजित भए १३औं सागको औपचारिक उद्घाटन हुनु आगवै पुरुष भलिबलमा नेपालको चुनौती समाप्त हुनेछ। नेपाल सम्मिलित समूह ‘ए’बाट भारत र बंगलादेश क्रमशः विजेता र उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गर्नेछन्।
नेपालका मुख्य प्रशिक्षक लेस्ली डी जोङले बंगलादेशविरुद्ध सर्भिसलाई सशक्त बनाउन खोज्दा अंक गुमाएको बताएका थिए। बंगलादेशविरुद्धको प्रतिष्पर्धात्मक खेलमा नेपालले पाँचौं सेटमा नतिजा गुमाएको थियो।
मुख्य प्रशिक्षक डी जोङले भारतविरुद्ध सशक्त सर्भिस गर्ने रणनीतिमा कुनै परिवर्तन नगरेको कप्तान इम रानाले बताए। उनले भने, “भारत बलियो टोली हो। उनीहरूको स्पाइक राम्रो छ। त्यसैले कडा सर्भिस गरेर विपक्षी टीमको रिसिभ बिगार्ने हाम्रो योजना कायमै छ।”
प्रतियोगिताको तयारी गर्ने क्रममा नेपालले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। भारतमै गएर खेलेको तीन मैत्रीपूर्ण खेलमा नेपाल सबैमा पराजित भयो। ‘गर या मर’को स्थितिमा भए पनि नेपाल दबाबमुक्त भएर खेल्ने इमले बताए।
“आज शुरूबाटै इफोर्ट दिएर खेल्ने हो। पहिलो खेल जितेकाले भारतको मनोबल उच्च छ”, कप्तान इमले थपे, “बंगलादेशलाई हराएको भए हाम्रो पनि मनोबल उच्च हुन्थ्यो। भारतविरुद्ध हाम्रो इतिहास कमजोर छ। धेरै खेलेका पनि छैनौं। प्रतियोगितामा अघि बढ्न हामीलाई जित्नैपर्ने छ। तथापी, हामी दबाब मुक्त भएर खे्रल्छौं।”
पछिल्लो समय टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आएका कारण आज भारतविरुद्ध राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक डी जोङको आशा छ।
“उनीहरूको सबैभन्दा कम होचा खेलाडी पनि हाम्रो सबैभन्दा अग्ला खेलाडी भन्दा उचाईमा बढी छन्। त्यसैले उनीहरूलाई उचाइको फाइदा पनि छ”, तीन सातादेखि नेपाली टोलीको प्रशिक्षण सम्हालिरहेका नेदरल्यान्डका प्रशिक्षक डी जोङले भने, “इतिहासमा भारतविरुद्ध जित्ने खेलमध्ये अवश्य पनि आजको खेल एक हुनसक्छ।”