पर्यटकीय गन्तव्यबारे जानकारी दिन इलाममा 'कल सेन्टर'
इलाम। भोलि, १४ मंसीरबाट शुरू हुन लागेको प्रथम सूर्योदय महोत्सवमा इलामको सूर्योदय नगरपालिकाले ‘कल सेन्टर’को स्थापना गरेको छ।

पर्यटकलाई विभिन्न क्षेत्रमा भ्रमण तथा खान र बस्नका लागि सहज होस् भनी ‘टोल–फ्री’मार्फत् जानकारी गराउने उद्देश्यले कल सेन्टरको स्थापना गरिएकाे हो।

सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै प्रमुख गन्तव्य मानिएको यस नगरपालिकामा पहिलोपटक आयोजना गरिएको महोत्सव १८ मंसीरसम्म सञ्चालन हुनेछ।

ट्रोल–फ्री सञ्चालन गरिसकेपछि नगरभित्र रहेका सबै होटल, घरवासबारे सूचना दिने गरी नगरपालिकाले कल सेन्टरको व्यवस्था गरेको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए।

महोत्सवमा आएका पर्यटकलाई अप्ठ्यारो नपरोस् भनेर यस्तो व्यवस्था मिलाइएको उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्