काठमाडौं। साबिक विजेता भारतले आज बंगलादेशलाई ३–० को सोझो सेटमा हराएपछि नेपाली महिला भलिबल टोली १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
लगातार दुई खेल जितेसँगै भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा नेपाल उपविजेताका रूपमा अन्तिम चारमा पर्न सफल भएको हो।
दुवै खेल हारेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भारतले बंगलादेशलाई २५–८,२५–११ र २५–९ को सेटमा पराजित गरेको हो।
बंगलादेश नेपालसँग पनि ३–० कै सोझो सेटमा पराजित भएको थियो। पहिलो खेल जितेको नेपालले भारतसँग ३–० को हार व्यहोरोको थियो।
नेपालले अब समूह बी मा रहेको मान्दिभ्स र श्रीलंकाबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ। समूह बी मा पाकिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि दुई टोली मात्र छन्।
श्रीलंका र माल्दिभ्सबीचको खेल अहिले शुरू हुँदैछ।
" /> काठमाडौं। साबिक विजेता भारतले आज बंगलादेशलाई ३–० को सोझो सेटमा हराएपछि नेपाली महिला भलिबल टोली १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।लगातार दुई खेल जितेसँगै भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा नेपाल उपविजेताका रूपमा अन्तिम चारमा पर्न सफल भएको हो।

">