'ए डिभिजन लिग'को नयाँ सिजन शुरू हुँदै
काठमाडौं। मछिन्द्र र ब्रीगेड ब्वाईज क्लबबीचको खेलबाट शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको नयाँ सिजन शुरू हुँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सार्वजनिक गरेको खेलतालिका अनुसार २०७६ को नयाँ सिजन २८ मंसीरबाट शुरू हुनेछ।

उद्घाटनका दिन एक खेल मात्र हुनेछ।

दोस्रो दिनबाट २/२ खेल हुनेछन्।

३ फागुनसम्म चल्ने लिगका सबै खेल दशरथ रंगशालामा हुनेछ।

२०७२ को भूकम्पपछि पहिलो पटक रंगशालामा फुटबल फर्किन लागेको हो।

लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा कुल ९१ खेल हुनेछन्।

प्रत्येक राउण्डमा सात खेल हुनेछन्।

गत सिजन एन्फाले लिगको मर्मलाई मारेर रेलिगेशनको प्रावधान हटाएको थियो।

यसपटक भने रेलिगेशन हुने एन्फाले जनाएको छ।

गत सिजन लिगको पुछारमा रहेका दुई टोलीको यस सिजनमा क्रमशः २ र १ अंक काटिनेछ।

गत सिजन लिगकाे पुछारमा न्युरोड टीम (एनआरटी) र मछिन्द्र क्लब थिए।

रेलिगेशनबिना गरिएको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्