महिला भलिबलः सेमिफाइनलमा नेपालले श्रीलंकाविरूद्ध खेल्ने
काठमाडौं। नेपाली महिला भलिबल टोलीले १३औं दक्षिण एशियाली खेलकुद(साग)को सेमिफाइनलमा श्रीलंकाविरूद्ध खेल्ने भएको छ।

आज समूह 'बी' मा श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेपछि अन्तिम चारमा नेपाल प्रतिद्वन्द्वी पाएको हो।

श्रीलंकाले माल्दिभ्सलाई  २५-१५, २५-१८, २५-१४ ले हराएको हो।

श्रीलंकाले अब नेपालसँग खेल्दा माल्दिभ्सले समूह 'ए' को विजेता भारतसँग खेल्नेछ।

समूह 'बी' मा पाकिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि दुई टोली मात्र भएको हो।

आज नै साविक विजेता भारतले  बंगलादेशलाई ३-० को सोझो सेटमा हराएपछि नेपाल अन्तिम ४ मा स्थान बनाएको हो।

लगातार दुई खेल जितेसँगै भारत समूह विजेताका हैसियतमा सेमिफाइनल प्रवेश गरेको थियो।

भारत विजेता बन्दा एक खेल जितेको नेपालले पनि उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।

दुवै खेल हारेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भारतले बंगलादेशलाई २५–८,२५–११ र २५–९ को सेटमा हराएको हो।

बंगलादेश नेपालसँग पनि ३–० कै सोझो सेटमा हारेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्