काठमाडौं। निर्वाचन आयोगले भोलि, १४ मंसीरमा हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन मतदातालाई आग्रह गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनेको बताएका छन्।
आयोगले आज भिडिओ अपिल गर्दै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको पनि जनाएको छ।
उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरूले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनैपनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ। मतदान गर्नका लागि फोटोसहितको मतदाता नामावलीमा नाम भने अनिवार्य समावेश भएको हुनुपर्नेछ।
फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका तर, परिचयपत्र हराएका वा साथमा नभएकाहरुले लालपूर्जा लगायत फोटोसहितको जुनसुकै सरकारी कागजातको आधारमा भोट हाल्न सक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
उपनिर्वाचनको प्रयवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरूले अनुमति पाइसकेको र नेपालस्थित् कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत अनुमति प्रदान गरिएको आयोगले जनाएको छ।
आयोगमा मिडिया अनुगमन इकाई स्थापना भई अनुगमनको काम भइरहेको समेत जनाएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्री सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पु¥याइसकेको समेत जानकारी दिएका छन्।
उनले ३७ जिल्लामा २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षाकर्मी आवश्यक मतदान सामग्रीहहित ११ मंसीर साँझ नै पुगिसकेको जनाएका छन्।
उपनिर्वाचनमा प्रतिनिसिभा सदस्यका लागि १ जना, प्रदेशसभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र वडाअध्यक्षतर्फ ४३ गरी कुल ५२ रिक्त पदका लागि मतदान हुँदैछ।
प्रतिनिधिसभा सदस्यतर्फ ११, प्रदेशसभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल सहभागी भएका छन्। निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता कायम छन्।
" /> काठमाडौं। निर्वाचन आयोगले भोलि, १४ मंसीरमा हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन मतदातालाई आग्रह गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनेको बताएका छन्।

">