'इन्बार'को उपाध्यक्षमा नेपाल
काठमाडौं। इन्टरनेशनल ब्याम्बु एण्ड रट्टन अर्गनाइजेशन (इन्बार)को १२औं काउन्सिल सभाका लागि नेपाल उपाध्यक्षमा सर्वसम्मतले चयन भएको छ।

चीनको बेइजिङमा आज भएको ११औं सभाले नेपाललाई सन् २०१९–२०२१ का लागि उपाध्यक्षमा चयन गरेको हो।

११औं सभाको उपाध्यक्ष क्यामरुन निर्विरोध अध्यक्षमा चयन भएको छ।

सभामा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले इन्बारको उद्देश्यमा नेपाल प्रतिबद्ध रहेको बताए।

“बाँस र बाँसजन्य सामग्रीले नेपालको अर्थतन्त्र, संस्कृति र ग्रामीण जनजीवनमा योगदान गरेको छ”, पौडेलले भने, “साथै यसले वातावरण संरक्षणको प्रवद्र्धन, दिगो विकास र जनजीवनमा सुधार गरेको छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्