भारतसँग ३-० काे हारसँगै नेपाली पुरूष भलिबल टाेली बाहिरियाे
काठमाडौं। भारतलाई ३-० को सेटमा नतिजा सुम्पिएपछि दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरूष भलिबलमा नेपालको सम्भावना समाप्त भएको छ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगितामा टिकिराख्न भारतलाई जित्नै पर्ने दबाब नेपालमाथि थियो।

तर, आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भारतसामु नेपाल निरीह बन्याे।

साविक विजेता भारतले नेपाललाई २५-१५, २५-१३, २५-१६ ले पराजित गरेकाे हाे।

जितसँगै भारतले समूह 'ए' बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ।

समूह 'ए'बाट बंगलादेश उप-विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो।

भारतले १५ मंसीर ३ बजे समूह 'बी'को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।

दोस्रो सेमिफाइनल साेही दिन ५ बजे हुनेछ।

बंगलादेशले पहिलो खेलमा नेपाललाई ३-२ को सेटमा पराजित गरेको थियो।

पुरूष भलिबलमा नेपालले कम्तीमा एक पदक जित्ने आश गरेको थियो।

तर, सागमा पहिलो पटक पदक जित्ने नेपालको आशा समाप्त भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्