अर्घाखाँचीमा भएकाे बस दुर्घटनाको छानबिन समिति गठन

अर्घाखाँची। अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी ११ मंसीरमा भएको बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन गरिएको छ।

समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रजिअ विष्णुराज वेल्वासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्रालि, देउराली यातायात प्रालिका एक–एकजना सदस्य रहनेछन्।

त्यस्तै सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष र पत्रकार महासंघका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य रहनेछन्।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि घटनाबारे विस्तृत अनुसन्धान छानबिन समितिले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्