खप्तड क्षेत्रमा हिमपात

डाेटी। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ।

हिमपातका कारण एकाएक चिसो बढेको छ।

हिमपात भएसँगै वन्यजन्तु तथा खप्तड आसपासका स्थानीयवासीलाई समस्या भएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाशबहादुर शाहले बताए।

“हिजाे रातिदेखि बाक्लो हिमपात भएको छ,” उनले भने।

खप्तडसँगै जिल्लाका उच्च हिमाली भेगहरू देउताल, केदार, गुनडमा पनि हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन्।

हिमाली भेगमा हिमपात शुरू भएसँगै जिल्लामा चिसो बढेको छ।

यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। रासस

प्रतिक्रिया दिनुहोस्