खार्तूम। सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ। उनको ८४ वर्षको उमेरमा कोरोनासम्बन्धी कारणले मृत्यु भएको उनको दलले पुष्टि गरेको छ।
मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए। उनलाई केही महिनाअघि इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत् पदच्युत गरिएको थियो। तत्कालीन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा बर्खास्त गरेपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उनले निरन्तर आवाज उठाउँदै आएका थिए।।
नरमपन्थी इस्लामिक नेशनल उमा पार्टीका नेतालाई तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि यूनाइटेड अरब इमिरेट्स पठाइएको थियो।
मेहदीको पार्टीद्वारा आफ्ना नेताको मृत्युप्रति दुःख व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ, “नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ।”
मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि सङ्घर्ष गरेका थिए।
सुडानमा अहिलेसम्म कूल १७ हजार व्यक्ति कोभिड–१९ सङ्क्रमित रहेको पुष्टि भएको छ भने १,२०० व्यक्तिको मृत्यु भएको छ ।
रासस/एएफपी
" /> खार्तूम। सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ। उनको ८४ वर्षको उमेरमा कोरोनासम्बन्धी कारणले मृत्यु भएको उनको दलले पुष्टि गरेको छ।मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए। उनलाई केही महिनाअघि इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत् पदच्युत गरिएको थियो। तत्कालीन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा बर्खास्त गरेपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उनले निरन्तर आवाज उठाउँदै आएका थिए।।

">