आर्सनलका प्रशिक्षक इमिरे बर्खास्त
एजेन्सी। आर्सनलले मुख्य प्रशिक्षक युनाई इमिरेलाई आज बर्खास्त गरेको छ। गएराति युरोपा लिगमा इन्ट्राचट फ्रांकफर्टसँग पराजित भएपछि आर्सनलले १८ महिना अघि नियुक्त गरेको इमिरेलाई हटाएको हो।
स्पेनका इमिरेले यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई फ्रेन्च लिग वानको उपाधि जिताएका थिए। उनले सेभियालाई तीन पटक युरोपा लिगको उपाधि जिताएका थिए। आर्सनलले इमिरेलाई मे २०१८ मा नियुक्त गरेको थियो।
आर्सनलले पछिल्लो सात खेलमा जित निकाल्न सकेको छैन। १९९२ पछि आर्सनलको इतिहासमा यो सबभन्दा खराब प्रदर्शन हो। जर्ज ग्राहमको प्रशिक्षणमा आर्सनलले त्यतिबेला ८ खेलसम्म विजयी नतिजा निकाल्न सकेको थिएन।
इङ्लिस प्रिमियर लिगमा आर्सनलले अक्टोबर ६ पछि जित हात पार्न सकेको छैन। लिगमा १३ खेल सकिँदा आर्सनल लिगको चौथो स्थानमा रहेको चेल्सी भन्दा ८ अंकले पछि छ। "हामी नयाँ प्रशिक्षकको खोजीमा छौं। भोटेपछि हामी घोषणा गर्नेछौं," नयाँ प्रशिक्षकबारे आर्सनलले जनाएको छ।
उल्भरह्याम्पटनका प्रशिक्षक स्पिरिटो सान्टोलाई आर्सनलको सम्भावित प्रशिक्षकका रूपमा हेरिएको छ। त्यस्तै टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचोट्टिनो, म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल आर्टेटा, युभेन्टसका पूर्व प्रशिक्षक मासिमिलियानो एलेग्री र बर्नमाउथका प्रशिक्षक इडी होवेको नाम पनि आर्सनल जाने चर्चा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्