सप्तरी। विद्यापति स्मृति पर्वका अवसरमा आज राजविराजमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा जिल्लाका कविले समसामयिक गीत, कविता कथा र लघुकथा वाचन गरेका छन्।
मैथिली महिला परिषद्का अध्यक्ष शान्ति झाका अध्यक्षतामा सम्पन्न गोष्ठीमा मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष देवेन्द्र मिश्र, उपाध्यक्ष श्यामसुन्दर यादव र सचिव अजय झा, अन्तर्राष्ट्रिय मैथिली महिला परिषद्का अध्यक्ष करुणा झा, महिला परिषद्का सल्लाहकार वन्दना मिश्रा, भूपेशकुमार भूप, ध्रुवकुमार मण्डल, कविता साह, रमिला साह, प्रतिमा देवलगायतले आ-आफ्ना रचना प्रस्तुत गरेका हुन्।
कार्तिक त्रयोदशी तिथिमा प्रत्येक वर्ष मनाइने विद्यापति स्मृति पर्व सप्तरीमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने मैथिली साहित्य परिषद्का अध्यक्ष सतिशकुमार दत्तले बताएका छन्।
परिषद्ले शुक्रबार ‘सप्तरीमा मैथिलीको अवस्था : वर्तमान र भविष्य’ विषयको खुला निबन्ध प्रतियोगिता तथा शनिबार महाकवि विद्यापतिका स्मृतिमा श्रद्धाञ्जलीसभा तथा पुरस्कार र सम्मान प्रदान गर्ने जनाएको छ।
रासस
" /> सप्तरी। विद्यापति स्मृति पर्वका अवसरमा आज राजविराजमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा जिल्लाका कविले समसामयिक गीत, कविता कथा र लघुकथा वाचन गरेका छन्।मैथिली महिला परिषद्का अध्यक्ष शान्ति झाका अध्यक्षतामा सम्पन्न गोष्ठीमा मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष देवेन्द्र मिश्र, उपाध्यक्ष श्यामसुन्दर यादव र सचिव अजय झा, अन्तर्राष्ट्रिय मैथिली महिला परिषद्का अध्यक्ष करुणा झा, महिला परिषद्का सल्लाहकार वन्दना मिश्रा, भूपेशकुमार भूप, ध्रुवकुमार मण्डल, कविता साह, रमिला साह, प्रतिमा देवलगायतले आ-आफ्ना रचना प्रस्तुत गरेका हुन्।

">