कानूनमन्त्री यादवले भने– ‘न्यायाधीश नियुक्ति सिफारिस कानूनविपरीत’
काठमाडौं। उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिस कानूनविपरीत भएको बताएका छन्।

आज मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले हालै उच्च अदालतहरूमा भएको न्यायाधीश नियुक्तिको सिफारिसप्रति असहमति जनाएका हुन्।

तत्कालीन कानूनमन्त्री भानुभक्त ढकाल सम्मिलित न्यायपरिषद् बैठकले उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकाे थियाे।

४ मंसीरमा बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतको न्यायाधीशका लागि जिल्ला न्यायाधीशबाट ९ जना, न्याय सेवाबाट एक र अधिवक्ताहरूबाट पाँचजना सिफारिस गरेको थियो। परिषद्ले रिक्त रहेकाे पदमा १२ जना र पछि रिक्त हुने पदमा तीन जना गरी १५ जना न्यायाधीश सिफारिस गरेकाे थियाे। उपप्रधानमन्त्री यादवले पछि रिक्त रहने पदमा पहिल्यै सिफारिस गर्ने कुनै कानून नरहेकाे भन्दै असहमति जनाएका हुन्।

उपप्रधानमन्त्री यादवले आफू संविधान संशोधनको अजेण्डा लिएर सरकारमा सहभागी भएकाले प्रधानमन्त्रीले छानेर दिएको कानून मन्त्रालयलाई अवसरको रूपमा लिने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्