काठमाडौं। नेपाली सेनाले चिकित्सा शिक्षाको शुल्क समायोजन गरेको छ। सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक वर्ष २०७३/०७४ र २०७४/०७५ को शिक्षण शुल्क समायोजन गरेको हो।
नेपाल सरकारको निर्णय अनुसार शिक्षण शुल्क समायोजन गरिएको सम्बन्धमा त्रिभुवन विश्व विद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, डिनको कार्यालयको ११ मंसीरको पत्रानुसार शुल्क समायोजन गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सञ्चालक समितिको आज बसेको बैठकले शैक्षिक वर्ष २०७३/७४ मा भर्ना भएका एमबीबीएस छैठौं ब्याचका विद्यार्थीहरूको शुल्क नेपाल सरकारको निर्णयबमोजिम चिकित्सा शिक्षा आयोगबाट निर्णय भइ आएपश्चात् समायोजन गर्ने नीतिगत निर्णय भएको छ।
शैक्षिक वर्ष २०७४/७५ मा भर्ना भएका एमबीबीएस सातौं ब्याचका विद्यार्थीहरूको शिक्षण शुल्कको हकमा डिनको कार्यालयको पत्रानुसार तोकेको शिक्षण शुल्क लिने गरी समायोजन गर्ने निर्णय गरिएको सेनाले जनाएको छ। समायोजन गरिएको शुल्क विद्यार्थीहरूले तिर्नु पर्ने आगामी शिक्षण शुल्क किस्तामा घटाएर भुक्तानी गर्न पाउने व्यवस्था समेत गरिएको निर्देशनालयले जनाएको छ।
नेपाली सेनाले स्वयम्भूस्थित् संस्थानमार्फत आठ वर्षदेखि प्रत्येक शैक्षिक सत्रमा एक सय विद्यार्थीलाई एमबीबीएस पढाउँदै आएको छ।
आज मात्रै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सिंहदरबारस्थित् कार्यकक्षमा बोलाइ शुल्क समायोजनका लागि निर्देशन दिएका थिए।