गण्डकी प्रदेशका द्वन्द्वपीडित सङ्गठित

कास्की। गण्डकी प्रदेशका द्वन्द्वपीडित संगठित भएका छन्।

सशस्त्र द्वन्द्वको समयमा पीडित भएकाहरुको १३ मंसीरमा भएको भेलाले ‘अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जाल गण्डकी प्रदेश’ गठन गरेको हो।

सञ्जालको अध्यक्षमा कास्कीका दुदराज अधिकारी चयन भएका छन्।

त्यसैगरी सचिव गीता मगर (तनहुँ) तथा सदस्यमा यदुनाथ सिग्देल (नवलपुर), हरिप्रसाद घिमिरे (लमजुङ), विष्णु नेपाली (कास्की), मोतीबहादुर विक (कास्की), गौमती गिरी (म्याग्दी), ऋषिकान्त बस्ताकोटी (नवलपुर) र रुद्र आचार्य (पर्वत) छन्।

द्वन्द्वमा प्रत्यक्ष संलग्न नभए पनि अपांगता बनाइएका पीडितले सरकारले उपलब्ध गराउने भनेको अन्तरीम राहतसमेत नपाएको गुनासो गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्