काठमाडौं। ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन संचालनमा ल्याएको छ। आजदेखि महानगरपालिकाले कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल,मंगलबजार हुँदै पाटन दरबार स्वायरसम्म पुग्ने साइकल लेन सञ्चालनमा ल्याएको हो।
त्यस्तै, कुपन्डोलबाट पुल्चोक हुदै सिधा दरबार स्वायर पुग्नेगरी अर्काे साइकल लेन समेत सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको छ। आफ्नो ३५ वर्ष पुरानो साइकल चलाएर साइकल लेन उद्घाटन गरेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकालाई साइकलमैत्री बनाउने अभियानको थालनी ललितपुरबाट भएको बताए।
“ललितपुर महानगरपालिका आजभन्दा ३०–३५ बर्षअगाडि साइकल मैत्री शहर हो। यहाँ जति पनि विश्व सम्पदा क्षेत्रमा आउने पर्यटक थिए, उनीहरूमध्ये आधाभन्दा बढी साइकलमा आउँथे”, मेयर महर्जनले भने, “यसलाई ‘रिभाइभ’ गर्न ललितपुर महानगरपालिकाले नेपाल साइकल एशोसियसनसँग सहकार्य गरेर साइकल लेन सञ्चालनमा ल्याएको हो।”
त्यसक्रममा उनले एउटा पुरानो घटना सम्झिए। “हामी सानै थियौं, जावलाखेलमा भोटोजात्रा हुँदै थियो, हामीले पुल्चोकमा साइकल स्ट्याण्ड राख्दा ३५ रूपैयाँ उठ्यो”, उनले भने, “एउटा साइकलको १० पैंसा लिएका थियौं अर्थात् ३५० वटा साइकल भोटोजात्रा हेर्न आउने मान्छेले राखेका थिए।”
आर्थिक वर्ष २०७५/७६ को बजेटअन्तर्गत् साइकल लेनको काम शुरू गरिएको र यस वर्षको बजेबाट त्यसलाई थप गति दिइने उनले बताए। ललितपुर महानगरले अब छिमेकी नगरपालिकाहरुसँग सहकार्य गरेर साइकल लेन विस्तार गर्ने योजना बनाएको समेत मेयर महर्जनको भनाइ छ ।
“काठमाडौंले बुढानीलकण्ठको बोर्डरमा साइकल लेन पुर्याओस्। बुढानिलकण्ठले पनि शिवपुरीको डाँडासम्म पुर्याइदोओस्”, मेयर महर्जनले थपे, “दक्षिणतिर हामीले गोदावरी नगरपालिकासम्म कुरा गरेका छौं। गोदावरीले बोटानिकल गार्डेनसम्म साइकल लेन पुर्याइदियो भने शिवपुरीदेखि बोटानिकल गार्डेनसम्म एकदमै राम्रो साइकल लेन बन्छ।”

ललितपुर महानगरमा साइकल यात्रुलाई छुट्टै लेन (भिडिओसहित): Dekhapadhi
ललितपुर महानगरमा साइकल यात्रुलाई छुट्टै लेन (भिडिओसहित)

“काठमाडौंले बुढानीलकण्ठको बोर्डरमा साइकल लेन पुर्‍याओस्। बुढानिलकण्ठले पनि शिवपुरीको डाँडासम्म पुर्‍याइदोओस्”, मेयर महर्जनले थपे, “दक्षिणतिर हामीले गोदावरी नगरपालिकासम्म कुरा गरेका छौं। गोदावरीले बोटानिकल गार्डेनसम्म साइकल लेन पुर्‍याइदियो भने शिवपुरीदेखि बोटानिकल गार्डेनसम्म एकदमै राम्रो साइकल लेन बन्छ।”