"> साग उद्घाटनमा नेपालको झन्डा पारसले होइन, कमलले बोक्ने: Dekhapadhi
साग उद्घाटनमा नेपालको झन्डा पारसले होइन, कमलले बोक्ने
काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले १३औं दक्षिण एशियाली खेलकुद(साग) को मार्चपासमा झण्डा नबोक्ने भएका छन्।

अब उद्घाटन सत्रमा नेपालको झण्डा भारोत्तोलनका खेलाडी कमल अधिकारीले बोक्नेछन्।

नेपाल ओलम्पिक कमिटीले खेल अनुभव, अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा समेत सहभागिता जनाइसकेको आधारमा कमललाई झन्डा बोक्न दिने निर्णय गरेको हो।

यसअघि १३औं सागको प्राविधिक समितिले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारसलाई झन्डा बोक्ने जिम्मेवारीमा सिफारिस गरेको थियो।

समारोह समितिले त्यसलाई पारित गरेको समितिका सचिव कुलबहादुर थापाले बताएका थिए।

ओलम्पिक कमिटीका अनुसार अब भारोत्तोलनका खेलाडी कमलले उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोक्नेछन्।

कमलले ९औं सागदेखि भाग लिँदै आएका छन्।

त्यसपछि १०औंं र ११औं सागमा पनि भाग लिएका कमलले १२औं सागमा भने सहभागिता जनाएनन्।

यो १३औं साग कमलको चौथो साग हो। उनले श्रीलंकाको कोलम्बोमा सम्पन्न १०औं सागमा स्वर्ण पदक जितेका थिए।

कमलले कोरियामा सम्पन्न २०१७ को एशियन च्याम्पियनसिपमा ३ कास्य पदक जितेका थिए।

पारसले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एक दशकभन्दा बढी समय कप्तानी गरेका थिए।

यसअघि समारोह समितिले खेलाडीको तर्फबाट आयषा शाक्यले शपथ लिने, ओलम्पियन तथा कीर्तिमानी पदक विजेता दीपक विष्टले ओलम्पिक टर्च बाल्ने र रेफ्रीको तर्फबाट ब्याडमिन्टन एशिया सर्टिफिकेटेड दीपक थापाले शपथ लिने जनाएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्