अहिलेसम्म ५५ प्रतिशत मत खस्यो

काठमाडौं। उपनिर्वाचन अन्तर्गत आज भइरहेको मतदान सकिन झण्डै दुई घण्टा मात्र बाँकी ५५ प्रतिशत मत खसेको छ।

प्रतिनिधिसभाको एक, प्रदेशसभाको तीन र स्थानीय तहतर्फ ४८ पदका लागि ३७ जिल्लामा आज मतदान भइरहेको छ।

सबै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। कास्कीमा विस्फोटका घटना भएपनि त्यसले मतदानका कुनै प्रभाव नपारेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

वडा तहसम्म पनि उपनिर्वाचन भएका कारण कम मतदान भएको भन्न नमिल्ने उनले बताए।

सबैभन्दा धेरै मतदाता सुनसरीको धरान उपहानगरपालिकामा छन्।

प्रतिनिधिसभका लागि उपनिर्वाचन भइरहेको कास्की–२, मा ७१ हजार ८७१, प्रदेशसभाको भक्तपुर–१ ‘क’मा ४५ हजार १५, बाल्गुङ–२ ‘ख’मा ३५ हजार १८४ र दाङ–३ ‘ख’मा ६८ हजार ७१९ मतदाता कायम छन्।

धरान उपमहानगरपालिकामा ९२ हजार ८५३ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्