काठमाडौं। उपनिर्वाचन अन्तर्गत देशका ३७ जिल्ला भएको मतदान शान्तिपूर्ण रूपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजे सकियो। कास्कीमा विस्फोटका केही घटना भएपनि शान्तिपूर्ण रूपमा नै मतदान भएको आयोगले जनाएको छ।
“हामीले सोचेभन्दा पनि शान्तिपूर्ण रूपमा मतदान भयो” निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले देखापढीसँग भने।
उपनिर्वाचन भएको प्रतिनिधिसभाको एकमात्र क्षेत्र कास्की-२ मा ६१.२४ प्रतिशत मतदान भएको छ। ७१ हजार ८७१ मतदाता रहेको कास्की-२ मा ४४ हजार २० जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेशसभातर्फ उपनिर्वाचन भएको दाङ-३ 'ख' मा ४० हजार २९६ मत खसेको छ। दाङ-३ 'ख' ६८ हजार १७९ मतदाता थिए। दाङकै घोराही उपहानगरपालिका-१६ मा ३ हजार ३९६ मत खसेको छ, जहाँ वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो।
प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको भक्तपुर-१ ‘क’मा ७० प्रतिशत हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन अधिृकत घमचन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार अन्तिम विवरण भने आउन बाँकी छ। भक्तपुर-१ ‘क’मा ४५ हजार १५ मतदाता थिए।
आयोगका प्रवक्ता श्रेष्ठका अुनसार कहाँ कति मतदान भयो भन्ने सबै विवरण आउन बाँकी छ। सबै क्षेत्रको विवरण आएपछि आयोगले पत्रकार सम्मेलनमार्फत् जानकारी दिने बताएको छ।
मतदान सकिएसँगै मतपेटिकाहरू जिल्ला सदरमुकामस्थित् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइंदैछ। भक्तपुर, दाङ, कास्की लगायतका जिल्लामा आजै रातिदेखि मतगणना शुरू हुनसक्ने आयोग प्रवक्ता श्रेष्ठले बताए।
भौगोलिक विकटताका कारण संखुवासभा, बाग्लुङ र हुम्ला लगायतका जिल्लामा मतपेटिका सदरमुकाम पुर्याउन समय लाग्ने भएपछि मतगणनामा पनि ढिलाई हुने भएको छ।
आज देशका ३७ जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ रिक्त पदका लागि उपनिर्वाचन भएको हो।