काठमाडौं। इन्धन चोरी गरेको आरोपमा प्रहरीले दुई जना ट्याङ्कर चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने चालकहरूमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२१ बस्ने ३५ वर्षीय अजय लामा र सोही ठाउँका २८ वर्षीय विकेश लामा रहेका छन्।
उनीहरूलाई पेट्रोल ट्याङ्करमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोप लागेको छ।
काठमाडौं महानगरपालिका-३ महाराजगञ्जबाट उनीहरू पक्राउ परेका हुन्।
मङ्सिर ३ गते इण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्याङ्करमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको जानकारीको आधारमा ट्याङ्कर चालकद्वयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पेट्रोल ट्याङ्करमा फल्स चेम्बर बनाई इन्धन लुकाएर भारत लैजाने र त्यतै बेचेर आयल निगमलाई हानि नोक्सानी पु¥याएको आरोप छ।
" /> काठमाडौं। इन्धन चोरी गरेको आरोपमा प्रहरीले दुई जना ट्याङ्कर चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्ने चालकहरूमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२१ बस्ने ३५ वर्षीय अजय लामा र सोही ठाउँका २८ वर्षीय विकेश लामा रहेका छन्।

">